न्यूज टुडे
राजविराज, ३० असार ।
सप्तरी प्रहरीले चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका ८ का धान चोरी मुद्दाका संतोष रामलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सप्तरी जिल्ला अदालतबाट धान चोरी मुद्दामा दुई महिना कैद र २ हजार रुपैया जरिवाना तोकिएपछि राम फरार थिए ।
चोरी मुद्दामा दोषी ठहर भएका रामलाई खोजतलास गर्ने क्रममा फेला पारी सप्तरी जिल्ला अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।