• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘प्रतिपक्ष बिना प्रदेश सभा सञ्चालन – लोकतन्त्रको अपमान’ :  नेता साह

‘प्रतिपक्ष बिना प्रदेश सभा सञ्चालन – लोकतन्त्रको अपमान’ :  नेता साह
न्यूज टुडे
राजविराज,३० असार ।
जनता समाजवादी पार्टीका नेता एवम् मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रतिपक्ष बिना प्रदेश सभा सञ्चालन – लोकतन्त्रको अपमान’ भएको बताएका छन् । सामाजिक संजालमा सोमबार स्टाटस लेख्दै नेता साहले यस्तो टिप्पणी गरेका हुन् । 
उनले प्रतिपक्षको अनुपस्थितिमा प्रदेश सभा चलाउनु लोकतान्त्रिक मर्यादाको खुला उल्लंघन भएको जिकिर गरेका छन् ।
‘प्रदेश सभा जनताको साझा मञ्च हो, जहाँ सत्ता र प्रतिपक्षबीच बहस, विमर्श र निर्णयको प्रक्रिया हुन्छ’ उनले भनेका छन् ‘तर प्रतिपक्षको अनुपस्थितिमा प्रदेश सभा चलाउनु लोकतान्त्रिक मर्यादाको खुला उल्लंघन हो।’
नेता साहले प्रतिपक्ष विना चालिने निर्णयहरू अलोकप्रिय, असन्तुलित र जनविरोधी हुने उल्लेख गरेका छन् ।
‘प्रतिपक्ष भनेको आलोचक मात्र होइन, यो लोकतन्त्रको रक्षक हो – जसले गलत निर्णय रोक्छ, वैकल्पिक दृष्टिकोण दिन्छ र सरकारलाई जवाफदेही बनाउँछ’ मधेश प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका साहले लेखेका छन्,’सभा सञ्चालनका लागि ‘कोरम’ पूरा हुनु मात्र पर्याप्त होइन, सार्थक बहस र सन्तुलनको अभ्यास हुनुपर्छ।’
प्रतिपक्ष विना चालिने निर्णयहरू अलोकप्रिय, असन्तुलित र जनविरोधी हुने उनको भनाइ छ । प्रतिपक्षलाई अँगाल्न नसक्ने सरकार, के लोकतान्त्रिक सरकार हो त? भन्दै उनले सरकारको कदमप्रति प्रश्न समेत उठाएका छन् ।
मधेस प्रदेश सरकारले प्रतिपक्षको उपस्थिति विनै प्रदेशसभा संचालन गरेपछि चौतर्फी विरोध हुन थालेको छ ।