न्यूज टुडे
राजविराज,३० असार ।
नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएसन मालपोत इकाइ राजविराजको नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् । एशोसिएसनका निर्वाचन संयोजक आन्नदकुमार यादवको अध्यक्षतामा तथा एशोसिएसनका केन्द्रिय सदस्य जयनारायण देवको प्रमुख आतिथ्यमा एक कार्यक्रको वीच आइतबार उनीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन्।
कार्यक्रममा नवनिर्वाचित कार्य समितिका पदाधिकारी लगायत सम्पुर्ण सदस्यहरुलाई निर्वाचन संयोजक आन्नदकुमार यादवले सपथग्रहण गराएका छन् ।
सपथग्रहण कार्यक्रममा विशिष्ठ अतिथि भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीका कार्यालय प्रमुख भुपेन्द्र राई,मालपोत अधिकृत अजयकुमार झा लगायतले कार्यकालको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
नवनिर्वाचित कार्य समितिको अध्यक्षमा श्रीलाल यादव,उपाध्यक्षमा जयराम यादव,सचिवमा दिगम्बर यादव, र कोषाध्यक्षमा फागुलाल साह चयन भएका छन् ।
यसैगरी गठित समितिको सदस्यहरुमा चन्द्रकान्त साह,महिनारायण दास,जितेन्द्र चौधरी,निर्मल यादव,हरेराम साफी,अर्जुन साह,पशुपति देव रहेका छन् ।