• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्राईड लिग: कंचनरूप राईनाेज बिजयी

सप्तरी प्राईड लिग: कंचनरूप राईनाेज बिजयी
न्यूज टुडे
राजविराज, २९ असार ।
राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिनको पहिलो खेलमा कञ्चनरूप राइनोज विजयी भएको छ । पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न खेलमा राजगढ वारियर्सलाई पाँच विकेटले पराजित गर्दै कंचनरूप राईनाेजले जित हाँसिल गरेको हो । 
राजगढ वारियरले दिएको १२५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमा पाँच विकेट गुमाएर भेटायो। 
राइनोजको ब्याटिङमा ओपनर राकेश कामतले अर्धशतक बनाउने क्रममा २५ बलमा ८ चौका र तीन छक्का मद्दतले ५४ रन प्रहार गरे । यस्तै रासिद खानले ३० बलमा ३१ रन तथा रोनक सिंहले २४ बलमा अभिजित रहँदै १७ रन बनाए । राजगढ वारियरका बलर बिक्की पासवान र रोशन यादवले समान दुई विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो ।
वारियर्सको लागि नयन यादवले सर्वाधिक ३३ रन तथा रोशन यादवले ३२ रन बनाए । अजित यादवले १५ तथा मनिष यादवले अविजित १४ रन बनाए । 
कञ्चनरूप राइनोजको बलिङतर्फ राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट लिए । मुकेश सिंहको नाममा १ विकेट रह्यो । 
खेलको प्लेयर अफ द म्याच  कञ्चनरुप राइनोजका राकेश कामत घोषित भएका छन् ।  उनले २ हजार १ सय नगद पुरस्कार प्राप्त गरे ।