• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
औधोगिक क्षेत्रमा बृक्षरोपण
नर्मदेव यादव
रुपनी,२८ असार। 
सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा शनिबार बृक्षरोपण गरिएको छ ।  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यलय गजेन्द्रनारायण औधोगिक क्षेत्र रुपनी गाउँपालिका ५ को आयोजनामा सरसफाइ तथा बृक्षरोपण गरिएको हो ।

 

सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे                                                                                     रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा औद्योगिक क्षेत्र सरसफाइ तथा वृक्षारोपण गरिएको थियो
उक्त अवसरमा सिसौ,अम्बा,अमला वेल,मेवालगायतका विभिन्न प्रजातिको १ सय १० वटा विरुवा रोपिएको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिस कुमार मिश्रले बताए । 
कार्यक्रममा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मिश्र, मिलन डेरी उधोगका प्रमुख मिलन सिंह,अनुफुडका प्रमुख मनिस महासेठ,ब्रदर एण्ड ब्रदरका प्रमुख मृगेन्द्र साह,नेपाल कर्ण उद्योगका प्रमुख दिशान्त जेन,कोशी पलम्बरका प्रमुख प्रमेश यादव,नेपाल पत्रकार महासंघका पुर्व कोषाध्यक्ष तथा राजधानी दैनिक प्रतिनिधि मनोज माझी, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य तथा न्युज टुडे प्रतिनिधि नर्मदेव यादव,नेपाल पत्रकार महासंघ सप्तरी कार्यसमिति सदस्य रक्षा चौधरी लगायत औद्योगिक क्षेत्र भित्रका कर्मचारीहरुको सहभागीता रहेको थियो।