• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज मेयर कप एसपिएल : राजगढ वारियर्स बिजयी

राजविराज मेयर कप एसपिएल : राजगढ वारियर्स बिजयी
न्यूज टुडे 
राजबिराज,२७ असार । 
सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग( (एसपिएल) अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा राजगढ वारियर्स  विजयी भएको छ । पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा हनुमाननगर हिरोजलाई २३ रनले पराजित राजगढ वारियर्स विजयी भएको हो । 
१ सय ३२ रनको लक्ष्य पछाएको हनुमाननगर हिरोजले १७.५ ओभरमा १०८ रनमा  सबै विकेट गुमाए ।हनुमाननगरको लागि गोमनन्द अमात्य र एकलब्य मुखियाले समान २३ रनको योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन । 
राजगढ वारियर्सका बलर नयन यादव र रोशन यादवले समान ३ विकेट लिंदै जितमा अहम योगदान दिए। आनन्द मण्डलले २ तथा विकि पासवान र विष्णु मण्डलले १/१ विकेट लिए। 
यस अघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनाउँदै १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 
वारियर्सको लागि विष्णु मण्डलले सर्वाधिक ३९ रन बनाए। उनले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे। यसैगरी नयन यादवले ३१ बलमा चार चौका र एक छक्काको मद्दतले ३६ रन बनाए । मोहम्मद असरलले २२ रनको योगदान दिए। 
हनुमान नगरको बलिङमा सिवान यादवले दुई विकेट तथा उज्ज्वल झा र सन्जन बैठाले समान एक विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका नयन यादव प्लेयर अफ म्याच घोषित भए।
उक्त अवसरमा राजबिराज नगरपालिका याेजना अधिकृत मनाेज यादब तथा वडा ५ का वडा अध्यक्ष बन्धु दासले प्लेयर अफ दि म्याच यादबलाई कप, र नगद १ हजार ५ सयकाे पुरस्कार संयुक्तरूपमा प्रदान गरेका थिए ।