न्यूज टुडे
राजविराज, २६ असार ।
राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग( एसपिएल) सातौं संस्करण सुरु भएको छ । राजबिराज नगरपालिकाकाे सहयाेगमा तथा नेपाल क्रिकेट सँघ र मधेश प्रदेश क्रिकेट सँघकाे सहकार्यमा सप्तरी क्रिकेट सँघले प्रतियोगिता आयोजना गरेको हो ।
राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले ब्याटिंग, तिरहुत गाउपालिका अध्यक्ष बिजय यादबले बलिंग र प्रमुख जिल्ला अधिकारी भाेला दाहाले किपिंग गरेर बिहीवार प्रतियोगिता उद्घाटन गरेका हुन् ।
सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठकाे अध्यक्षतामा आयाेजित उदघाटन सत्रमा छिन्मस्ता गाउपालिका १ का वडा अध्यक्ष ललन प्रसाद यादब, राजबिराज नगरपालिका १ का वडा अध्यक्ष चन्द्रशेखर चाैधरी, वडा ४ का वडा अध्यक्ष दिनेश कसेरा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पाैडेल, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाल, राजबिराज नगरपालिका कार्यपालिका सदस्य साेनी रजक, ललिता कर्ण, मंजु खडका, रेखा मण्डल, सप्तरी युथका बिष्णु यादब लगायतकाे उपस्थिति रहेकाे थियाे।
सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबद्वारा संचालित कार्यक्रममा स्वागत सँघका सदस्य अशोक साहले गरे।
प्रतियोगिताको पहिलो खेलमा राजबिराज राजदेवी रोयलले कन्चनपुर राईनोसलाई ३७ रनले तथा बजाज खडक वारिर्यसले रुपनी रायर्डसलाई २६ रनले पराजित गर्दै बिजयी शुरुवाता गरेको छ ।
पब्लिक माध्यमिक विद्यालय क्रिकेट मैदानमा भएको पहिलो खेलमा राजबिराज राजदेवी रोयलले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित १५ ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय २० रन बनाएको थियो ।
राजबिराजका लागि दिवान पुनले २६ बलमा ४१ रन, सदाम आलम २१ रन नटआउट, रोहन बिक १८ रन, प्रविन यादव १५ रनको योगदान दिएका थिए भने बलिंग तर्फ कंचनपुरका अभिमन्यु सरदार २ तथा राशिद खाँन, मुकेश सिंह र रौनक सिंहले सामान १ बिकेट लिएका थिए ।
१ सय २१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कंचनपुर राईनोसले १५ ओभरमा ६ बिकेट गुमाई ८३ रन बनाएका थिए । जसमा रौनक सिंहले २५ रन, प्रविन भुजेल १९ र महानन्द यादवले ११ रनको योगदान दिएका थिए भने बलिंग तर्फ राजबिराजका दिवान पुनः र अभिशेक तिवारीले सामान २ बिकेट तथा मों सोहेल र शिव दासले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच राजबिराज राजदेवी रोयलका दिवान पुन भएका थिए ।
बिहिवार नै सम्पन्न दोश्रो खेलमा बजाज खडक वारिर्यसले रुपनी रायर्डसलाई २६ रनले पराजित गरेको छ । टसजिति ब्याटिंग गर्दै खडक वारिर्यसले निर्धारित २० ओभरको खेलमा १ सय ३७ रन बनाएका थिए । खडकका लागि अनिल कुमार यादवले ४४ रन, पप्पु यदवले ए ले नटआउट १९, सन्तोष कार्र्किले ११ तथा गोपाल मण्डलले नटआउट रहि १० रनको योगदान दिएका थिए । बलिंग तर्फ रुपनी रायर्डसका नविन मण्डलले ३ र अशोक मेहताले २ बिकेट लिएका थिए भने बिशाल पटेल र ईमरान सेखले सामान १ बिकेट लिएक थिए ।
१ सय ३८ रन लक्ष्य लिई मैदानमा ओर्लेको रुपनी १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ११ रनमै समेटिएको थियो । रुपनीका लागि ईमरान शेखले २९ बलमा ४० रन, महेश माझी २३ रन र बिक्की चौधरीले १४ रनको योगदान दिएका थिए ।
यसैगरी बलिंग तर्फ खडकका अभिशेक कार्किले २, फिर्दोस अंसारी र पप्पु यादव बि ले सामान २ बिकेट लिएका थिए भने बावु गोठिया, पप्पु यादव ए र गोपाल मण्डलले सामान १ बिकेट लिएका थिए खेलको म्यान अफ द म्याच खडकका पप्पु यादव बि भएका थिए ।