न्यूज टुडे
राजविराज,२६ असार ।
सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठमा बिहीबार आगलागी हुँदा दुई लाख भन्दाबढी क्षति भएको छ । स्थानीय पुलकित खंगको घरमा आगलागी हुँदा नगद ४० हजारसहित २ लाख ५० हजार बराबरको क्षति भएको हो ।
आगलागीमा खंगको तीनवटा घर सहित नगद, अन्नपात, लत्ताकपडा, भाडाकुडा सहित जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताए ।
आगलागीबाट घर र घरभित्र रहेको भाडाकुडा, लत्ताकपडा, अन्नपात, नगद ४० हजार रुपैयाँ, र काठ समेत गरी दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।
विहान १० बजे भएको आगलागी नेपाल प्रहरी, स्थानियबासी र राजविराजबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।