• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार महासंघ सप्तरीका अध्यक्ष देवको कटाक्ष : ‘पत्रकार आचारसंहिता खारेज गरौं ‘

पत्रकार महासंघ सप्तरीका अध्यक्ष देवको कटाक्ष : ‘पत्रकार आचारसंहिता खारेज गरौं ‘
न्यूज टुडे
राजविराज, २५ असार।  
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकारिताको मर्यादा विपरीतका कार्यहरुको संरक्षणमा  लागेको भन्दै आपत्ति जनाएको छ । पत्रकार आचारसंहिता विपरीत कार्यशैली रहेका गैर पत्रकारको संरक्षणमा नेतृत्व लागेको भन्दै सामाजिक संजाल मार्फत उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
यूट्युवर दिवाकर साहको विषयमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गरे लगत्तै अध्यक्ष देवको यस्तो धारणा आएको हो ।  उनले पत्रकार आचारसंहिता खारेज गरौं’ भन्दै कटाक्ष समेत गरेका छन् । 
‘ठाउँमा बस्नुभएका साथीहरूलाई आग्रह र सुझाव ।
-पत्रकार आचारसंहिता खारेज गरौं ।’ उनले सामाजिक संजालमा लेखेका छन्,”प्रेस स्वतन्त्रता’को ठाउँमा ‘हरेक स्वतन्त्रता’ राख्न लगाऔ ।’
युट्युवर साहको समर्थनमा मधेस प्रदेश समितिका महासचिव शैलेन्द्र महतो (क्रान्ति)ले ‘प्रेस स्वतन्त्रता गतिविधि महासंघलाई पुर्णतः अस्वीकार्य छ ।’ भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । 
प्रदेश समितिको  विज्ञप्ति आउनसाथ विभिन्न शाखा तथा पत्रकार संगठनमा आवद्ध पत्रकारले स्टाटस लेख्दै विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारिता आचारसंहिता उलंघन गर्ने युट्युवरहरुलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । युट्युवरहरुको कारण सप्तरीको समग्र पत्रकारिता जगत बदनाम भएको भन्दै मर्यादा बसेर काम गर्न आग्रह समेत गर्ने निर्णय महासंघले गरेको अध्यक्ष देवले जानकारी दिए ।