• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कुख्यात गाँजा तस्कर बुधनको भाई गाँजासहित भारतीय प्रहरीको नियन्त्रणमा 

कुख्यात गाँजा तस्कर बुधनको भाई गाँजासहित भारतीय प्रहरीको नियन्त्रणमा 
न्यूज टुडे
राजविराज, २४ असार । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह निवासी  कुख्यात  गाँजा तस्कर बुधन भनिने जोगानन्द मण्डलका भाई  २४ बर्षिय अभिषेक मण्डल भारतमा पक्राउ परेको छ ।  उनलाई गाँजासहित  भारती प्रहरीले नियन्त्रणमा लिएपछि एकै परिवारका दाजुभाई नै लागूऔषध गाँजा तस्करीमा संलग्न रहेको खुलेको हो ।   
अभिषेकसहित सोही ठाउँका २८ बर्षीय राजेश मण्डल र भारतको बिहार राज्य अन्तर्गत बलुवा थाना क्षेत्र निर्मली पञ्चायत–१ रामपुर निवासी ३० बर्षीय दशरथ सिंह पूर्वी कोशी तटबन्धबाट पक्राउ परेका छन् । 
एमएल ५ एल २७६९ नम्बरको कारबाट नेपाल हुँदै भारततर्फ गाँजा लग्दै गरेको विशेष सूचनाको आधारमा भारतको भीमनगर प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । उनीहरुको साथबाट १ सय ८२ दशमलव ३ सय ६० किलोग्राम गाँजा बरामद भएको भीमनगरका थानाले जनाएको छ ।
अभिषेकका दाजु जोगाानन्द नेपालकै चर्चित गाँजा तस्कर हुन् । उनलाई इलाका प्रहरी कार्यालय भारदह अगाडिबाट असार १ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो । 
२०७९ पुस १४ गते  कोशी व्यारेजको गोल घरदेखि अन्दाजी ५०० मिटर उत्तर पूर्व कोशी भंगालोको पूर्व टापुको एकान्त ठाउँमा बालुवाभित्र गाँजा भेटिएको थियो । बालुवामा खाल्डो खनी २७ वटा बोरामा राखिएको ८ सय १० किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।
लागूऔषध गाँजा मुद्दामा पछिल्लो पटक पक्राउ परेका बुधन भनिने जोगानन्द मण्डलबिरुद्ध यसअघि ७ वटा मुद्दा दर्ता रहेको सप्तरी प्रहरीले बताएका छन् । उनी पक्राउ परेपछि तत्कालीन एसपी ढकेन्द्र खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको थियो ।