न्यूज टुडे
राजविराज,२४ असार ।
सप्तरीमा राजविराज मेयर कप क्रिकेट लिग सिजन–साताै सप्तरी प्राईड लिग( एसपियल) हुने भएकोको छ । नेपाल क्रिकेट संघको निर्देशनमा असार २६ देखी प्रतियोगिता संचालन हुने भएकाे हो ।
सप्तरी क्रिकेट सँघकाे आयाेजनामा तथा राजबिराज नगरपालिकाकाे सहयाेग र नेपाल क्रिकेट सँघ र मधेश प्रदेश क्रिकेट सँघकाे सहकार्यमा प्रतियोगिता आयोजना गरिने सप्तरी क्रिकेट संघका सचिब चन्दन कुमार यादवले बताए ।
‘सप्तरी प्राइड लिग – सिजन ७’ (पहिलेको नाम सप्तरी प्रिमियर लिग) २०८२ सालको राजविराज मेयर कप महिला प्राइड लिग – सिजन २ को सफल आयोजनापछि, अब पुरुषतर्फको लिग सुरू हुने भएकाे उनले जानकारी दिए ।
स्थानीय पवि मावि खेल मैदानमा संचालन गरिने प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव यादबले बताए ।
प्रतियोगितामा राजबिराज राजदेबी राेयल्स, कंचनरूप राईनाेज्स, रूपनी राईडर्स, खडक वारियर्स, राजगढ वारियर्स, हनुमाननगर हिराेईज, तिरहुत टाईर्गस, राेयल च्यालेन्जर बरहीबिरपुर टिमको सहभागिता रहने जनाइएको छ ।
प्रत्येक टिममा सप्तरीका ९ जना अनिवार्य र २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू बाहिरकाे खेलाईने प्रतियोगितामा लिग कम नक आउटकाे आधारमा दुई वटा पुल राखेर खेलाईनेे छ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण मधेश प्रदेश क्रिकेट संघको युटयुव पेजबाट हुने र क्रिकक्लवबाट अनलाइन स्कोरिंग हेर्न सकिने उनले जानकारी दिएका छन् ।