न्यूज टुडे
राजविराज,२३ असार ।
सप्तरीको रुपनी गाउँपालिका ६ भटनियाँमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३८ बर्षिय ध्रुव कुमार भगतको करेन्ट लागेर मृत्यु भएको हो । 
विहान ६ बजे आफ्नै घरमा सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
करेन्ट लागेर मृत्यु भएको भगतको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परिक्षण गरि परिवारको जिम्मा लगाइएको उनले बताए ।