न्यूज टुडे
राजविराज, २३ असार ।
सप्तरीको बलान बिहुल गाउँपालिका २ बलानपुलबाट आइतबार दुईजाना युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेका गरेको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ११ का २४ बर्षिय राजेश निरौला र बर्ष २५ को लक्ष्मण मलाह पक्राउ परेको हो ।
भारतबाट नेपालतर्फ पैदल आइरहेको उनीहरुलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट डाइज्पाम इन्जेक्सन ८६ पिस,फेनरगन इन्जेक्सन ८६ पिस,बुप्रोनफाइन इन्जेक्सन ८८ पिस,सिम कार्ड नभएको मोबाइल सेट १ थान बरामद भएको छ ।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय करडबोनाको हिरासतमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए ।