• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

रोपाइँ उत्कर्षमा पुग्न लागेको भएपनि मुलुकभर रसायनिक मलको अभाव छ । धानवाली लगाउने समयमा पनि मल नपाएपछि किसानहरुका लागि यो सबैभन्दा ठूलो टाउको दुःखाईको विषय भएको छ ।
रसायनिक मल अभाव यस पटक मात्रै भएको होईन । विगतमा पनि यो समस्या रहँदै आएको हो । यही कुरालाई मध्यनजर गर्दै बेलाबखत स्वदेशमै रसायनिक मल उत्पादनका लागि उद्योगमा आएर पनि सेलाएको छ । उद्योग स्थापनाको कुरा त सेलायो तर मल अभावको समस्या चाहीँ अहिले पनि चर्केकै अवस्थामा छ । आवश्यकताको अनुपातमा समयमै रसायनिक मलको व्यवस्था गर्न नसकेका कारणले नै वर्षेनी यो समस्या नेपाली किसानले झेल्नु परिरहेको छ । सरकारले मल जिल्ला जिल्लामा पठाएको भने पनि आवश्यकताको अनुपातमा प्रगति न्यून परिमाणको मल आएका कारण ‘हात्तीको मुखमा जिरा’ सरह भएको स्वयम् किसानहरुको मुखबाटै सुन्न सकिन्छ । कृषि उत्पादन बढाउनका लागि समयमा मलको उपलब्धता अपरिहार्य नै छ । तर पनि त्यसको व्यवस्था मिलाउन सरकारले सकिरहेको छैन ।
रसायनिक मल अभावको समस्यालाई लिएर संसदीय समितिमा समेत सांसदहरुले कुरा उठाउने गरेका छन् । तर पनि यो समस्या समाधानका लागि सरकारको ध्यान पुग्न सकिरहेको छैन । किसानको समस्या समाधान तर्फ नलागी यसरी नै अल्झाएर मात्रै राखिरहने हो भने कृषिमा उत्पादकत्व वृद्धिको कुरा नारामा मात्रै सिमित नरहला भन्न सकिन्न ।