चितवनको खैरेनी नगरपालिका ३ स्थित धुसेरीमा संचालित प्रस्तावना लेखन तथा व्यवसायीक योजना सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । नेपाल ग्रामीण पुननिर्माण संस्था ( आरआर एन ) तथा आदिवासी जनजाति तथा स्थानीय समुदायमा समर्पित अनुदान परियोजना (डिजीएम)द्वारा असार १८ देखि आयोजित तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा डिजीएम परियोजनाको परिचय र उदेश्य, व्यवसायको दिगो व्यवस्थापन, दिगो वन व्यवस्थापनका उदेश्यहरु, वन विनास र वन क्षयीकरणबाट उत्सर्जन घटाउने, पर्यावरण सुरक्षात्मक उपायहरु, नेपालमा गैरकाठ वन उत्पादन कृषिवन अभ्यास,वन उत्पादन र कृषि वनमा केन्द्रित, सामाजिक तथा आर्थिक प्रभावहरु, अनुगमनका प्रमुख सूचकांकहरु सम्बन्धि विज्ञहरुसंग बृहत छलफल गरिएको थियो ।
यसैगरी पर्यावरणीय / बाताबरण सुरक्षात्मक उपायहरुको महत्त्व, परियोजना डिजाइन योजना र कार्यान्वयन वातावरणीय तथा सामाजिक पक्षहरु, समाबेश गर्ने पक्ष, संस्थागत व्यवस्थापन र क्षमता विकास, परियोजना कार्यान्वयन र निगरानी, नेपालमा बाताबरणीय कानून र नीतिहरु, सफल व्यावसायी वा उधमी बन्न अपनाउनु पर्ने कार्यहरु, व्यवसायमा यान्त्रिकीकरण, प्रविधि युक्त र नयाँपनको खोजी, सामाजिक सुरक्षणको परिभाषा र व्यवसायीक योजना सम्बन्धि प्रस्तावना लेखन अभ्यास गरिएको थियो ।
आरआर एनको क्षेत्रीय कार्यालयमा आयोजित तालिममा सर्लाही, महोत्तरी, बारा, पर्सा र विभिन्न संघसंस्थाका ३२ जना सहभागी तालिमको सहजीकरण डा. रत्न कार्की, डा. निर्मल विश्वकर्मा, डा. सुरेश तामाङ, बाताबरणविद रिना संगौला, चर्चित व्यवसायी सुनिता मेमाफुकी, प्रियंका मिश्र, मनोज कुमार सिंह,गजेन्द्र याक्खाले सहजीकरण गरेका थिए ।
कार्यक्रमका सहभागी डोल बहादुर ठाडा मगर र भवानी लामिछाने गुप्ताले तालिम जीवन उपयोगी भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रमाणपत्र ग्रहण गर्दै तालिममा सहभागी । फोटो : न्यूज टुडे