रामनाथ यादव
राजविराज , २१ असार।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ स्थित काे. मधेपुरा निवासी पूर्व प्रधानपञ्च सुरेश प्रसाद सिंहकाे निधन भएको छ । उनको राजविराज स्थित आफ्नै निवासमा शुक्रबार राती ८३ बर्षको उमेरमा निधन भएकाे हाे ।
बाईस वर्षकाे उमेर देखि पन्चायतकाल देखि राजनीतिमा जीवन विताउँदै आएका थिए । वि.स.२०२८ साल देखि राजनीतिमा सक्रिय रुपमा लागेकाे उनी २०३८ सालमातत्कालीन को. मधेपुरा गाविसका उप प्रधान निविराेध भएका थिए । २०४३ सालमा उप प्रधान पन्चमा निर्वाचित भएका थिए । २०४८ सालमा गाविस काे मधेपुरामा एमालेबाट प्रधान पन्चमा जन निर्वाचित भएकाे थियाे ।
सिंहको पार्थिव शरीरमा राजविराज नगरपालिकाका पूर्व मेयर गाेविन सिंह , वागवानी डाइरेक्टर फुलेश्वर प्रसाद सिंह , जसपा नेपालका केन्द्रीय सदस्य मुरली प्रसाद सिंह , गाविस वभनगामाकट्टीका पूर्व सचिव रवेन्द्र मण्डल ,७ नम्बरका पूर्व अध्यक्ष गुलाव प्रसाद सिंह, नेपाली काँग्रेसका गाउँपालिका सचिव शुभनारायण यादव, मावि वभनगामाकट्टीका अवकाश प्रअ सूर्यनारायण साह, अधिवक्ता सुरेश सिंह , अधिवक्ता नवीन सिंह , राप्रवि सडेपारका प्रअ अरुण यादव सहदेव मंडल लगायतका राजनीति दल, समाजसेवीहरुले श्रद्धाञ्जली अर्पण गरे ।
उनको हिन्दु परम्परा अनुसार को. मधेपुरा गाउँमा अत्यष्टी गरिएको थियो । उनले आफनाे जीवनकाल राजनीतिमा नै विताएका थिए । उनकाे दुई छाेरा र तीन छाेरी रहेका छन् ।