• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मदन भण्डारी खेल ग्रामको निर्माण कार्य शुरु   

मदन भण्डारी खेल ग्रामको निर्माण कार्य शुरु   
उत्तम आचार्य 
कञ्चनरुप , १८ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिका  ९ रुपनगरमा रहेको मदन भण्डारी खेल ग्रामको निर्माण कार्य शुरु भएको छ । प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट बिनियोजित बजेट ४५ लाखको लागतमा खेल मैदानमा निर्माण हुने भएको हो । 
मदन भण्डारी खेलग्रामको कन्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले बुधबार शिलान्यास गरे । उनले निर्माणको कामलाई तिब्रताका साथ अगाडी बढाइ समय मै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।नगर प्रमुख  गुप्ताले यो खेल मैदान नगरपालिकाको मात्र नभइ प्रदेशकै नमूना बन्ने बिश्वास ब्यक्त गरे ।
प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट बिनियोजित बजेट ४५ लाखको लागतमा बाउण्ड्री बाल र माटो पुर्ने काम गरिने उपभोक्ता समितिका अध्यक्ष भोला यादवले बताए । उनले खेल मैदान सप्तरीका  जनताको गहना भएकोले निर्माण कार्य शुरु भएकोमा खुशी व्यक्त गरे ।
खेल मैदान बनेपछि यहाँको ब्यापार ब्यवसायमा वृद्धि भइ रोजगारीको अवसरहरु प्राप्त हुने स्थानीयहरु बताउँछन् ।