• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा पनि विद्यालयले विद्यार्थीहरुसित मनपर्दी शुल्क लिने गरेको भनि अभिभावकहरुले गुनासो गर्न थालेका छन् ।
विभिन्न शीर्षकमा रकम असुलेर शोषण गरिएको भनि अभिभावकहरुले आरोप लगाउन थालेका छन् । यस्ता शिकायत विशेषतः निजी विद्यालयमाथि बढी रहने गरेको छ । कतिपय निजी विद्यालयले विगतको बक्यौता बाँकी सहित चालु महिनाको के कति रकम बाँकी रहेको हो भनि बिवरण सहितको रसिद नदिने,अभिभावकले दिएको रकम उल्लेख गरी बक्यौता रहेको रकम मात्र उल्लेख गरी एउटा चिर्कटो थमाउने गरेको भनि अभिभावकहरुले गुनासो गर्न थालेका हुन् । विगतको बक्यौता रहेको हो भने पनि कुन कुन महिनाको कति कति रकम बाँकी रहेको हो भन्ने जानकारी पाउनु अभिभावकको अधिकार पनि हो । तर त्यसरी बक्यौताको बिवरण उल्लेख गरेर दिनुको साटो पहिलेको एकमुष्ठ रकम उल्लेख गरी हाल चालु महिनाको समेत जोडेर प्राप्त रकम घटाउने र बाँकी रकम लेखेर सानो चिट दिने गरेका कारण अपारदर्शी तबरको कारोबार हुने गरेको भनि अभिभावकहरुले आरोप लगाउन थालेका छन् । अधिकांश सरकारी विद्यालयमा राम्रो पढाई नहुने गरेको भन्दै निजी विद्यालयतर्फ सप्तरीमा आकर्षण बढ्दो छ ।
निजीमा शुल्क बढी लाग्दछ भन्ने जानकारी रहेता पनि जसोतसो पढाई शुल्क तिरेर कमजोर आर्थिक अवस्थाका अभिभावकहरुले पनि आफ्ना वालवालिकालाई तिनै विद्यालयमा पढाउन रुचाउने गरेका छन् । तर निजी विद्यालयले पनि विपन्न वालवालिकालाई एक निश्चित प्रतिशत सहुलियतमा पढाउनु पर्नेमा कतिपयले पारदर्शिता समेत नअपनाउने गरेको भनि उठ्न थालेको गुनासो सम्बोधनमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।