असार १५ लाई यस वर्ष पनि निकै तामझामका साथ मनाईयो । राष्ट्रपति समेतबाट यस धान दिवसमा धान रोप्ने काम भयो । प्रमुख खाद्यान्न वाली धानको उत्पादन बढाउनका लागि हौसला स्वरुप यस्तो दिवस मनाउन थालिएको हो ।
कृषि फर्म नगर्नेले पनि असार १५ राष्ट्रिय धान दिवसमा हिलो टेक्दै रोपो गाडेर फेसबुकमा पोष्ट्याउन समेत भ्याए । तर अहोरात्र कृषि कर्ममै लाग्दै आएका किसानलाई भने धान दिवसको उल्लासम पनि रसायनिक मल अभावको चिन्ताले छोडेन । रोपाइँ उत्कर्षमा रहेका रहेका बखत पनि मलको जोहो कसरी गर्ने होला भन्ने चिन्ता र चुनौतिमा सप्तरीक किसानहरु पनि परेकै छन् । आवश्यकताको अनुपातमा रसायनिक मल नपाएका कारणले कठिन परिश्रम गरी लगाईएको धानवाली विग्रन सक्ने चिन्तामा छन् । उनीहरु सरकारी तथ्यांकलाई आधार बनाएर हेर्दा रसायनिक मल पर्याप्त रहेको देखिएला । तर व्यवहारमा हेर्दा चाहीँ किसानले मलको अभाव नै झेल्नु परिरहेको अवस्था छ ।
पालिकाले वितरण गरेको कोटा अनुसार सहकारी मार्फत किसानलाई रसायनिक मल वितरणको व्यवस्था छ । तर आवश्यकताको अनुपातमा अति न्यून परिमाणमा मल पाएका कारण अपुग मल कसरी व्यवस्था गर्ने भन्ने नै आम किसानका लागि मुख्य चुनौतिको विषय बनि रहेकोले रसायनिक मल सहज रुपले पाउने व्यवस्था मिलाउनेतर्फ ध्यान पु¥याउन जरुरी छ ।