• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरूपको लिटिल फ्लावर सेकेण्डरीको उत्कृष्ट नतिजा

कञ्चनरूपको लिटिल फ्लावर सेकेण्डरीको उत्कृष्ट नतिजा
उत्तम  आचार्य 
कञ्चनरूप, १४ असार । 
सप्तरीको कञ्चनरूप  नगरपालिका वडा नम्बर १२ स्थित रहेको लिटिल फ्लावर सेकेण्डरी बोर्डिङ स्कुल रुपनगरले एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै सतप्रतिशत उतिर्ण भएका छन् । 
स्कुलका छात्र   ऋषि बस्नेतले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेका छन् । स्कुलका प्रिन्सिपल शान्त अधिकारीका अनुसार, यस वर्ष स्कुलका १६ जना विद्यार्थीहरु मध्ये ९ जनाले ए प्लस, ७ जनाले ए ग्रेड हासिल गरेका छन् ।
ऋषि बस्नेत अध्ययनमा मात्र होइन, खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय र सफल विद्यार्थी रहेका छन् । विद्यालयले विद्यार्थीको यस सफलतालाई विद्यार्थी, अभिभावक र शिक्षकहरूको सहकार्य र परिश्रमको प्रतिफल भनेको छ ।