• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज कारागारबाट भागेका कैदी पुन: पक्राउ

राजविराज कारागारबाट भागेका कैदी पुन: पक्राउ
न्यूज टुडे
राजविराज, १२ असार । 
चोरी सम्बन्धि कसुरमा थुनामा  भएकै बेला राजविराज कारागारबाटै भागेका एक कैदीलाई प्रहरीले पुन:पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ११ का सुक्रेल खंगका छोरा बर्ष ३५ का रमानन्द मण्डलल्लाई  बुधबार  प्रहरीले नियन्त्रणमा लिएको हो । 
चोरी कसुरमा पुर्पक्षको लागि थुनामा सजाय भोगिरहेका मण्डल २०८२ बैशाख १५ गते कारागारबाटै फरार भएका थिए । उनलाई खोजतलासको क्रममा बुधबार ०८:०० बजे घर क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा २ महिना पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कारागार ऎन२०७९ अनुसार कारागारबाट भागेको कसुरमा सप्तरी जिल्ला  अदालत राजविराजबाट १५ दिनको म्याद लिई आवश्यक अनुसन्धान बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।।
मण्डल २०८१ पुस ६ गते देखि चोरी मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा सजाय भोगिरहेका थिए ।