• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल राजबिराज नगर अध्यक्षमा लक्ष्मण र अरुणको उम्मेदवारी 

जसपा नेपाल राजबिराज नगर अध्यक्षमा लक्ष्मण र अरुणको उम्मेदवारी 
न्यूज टुडे
राजबिराज,१० असार ।  
जसपा नेपाल राजबिराज नगरपालिकाकाे नगर अध्यक्षमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । नगर कार्यसमितिको नेतृत्वका लागि जसपा जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादब  र  राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूण कुमार यादबले उम्मेदवारी दिएका हुन् । 
मंगलवार बन्द सत्रमा सहमति हुन नसकेपछि जिल्ला कार्य्क्करिणी सदस्य लक्ष्मण र  राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूणले उम्मेदवारी दिएकाे जिल्ला निर्वाचन अधिकृत धनेश्वर यादबले जानकारी दिए।
अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि मतदानको प्रक्रिया अगाडि बढाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
राजबिराज वडा नम्वर ९ स्थित राधाकृष्ण मन्दिरकाे सभाहलमा राती ८ बजे देखी ९ बजे  सम्म  हुने मतदानमा राजबिराज नगरपालिकाकाे १६ वटै वडावाट ८९ जना प्रतिनिधिले मतदान गर्ने उनले बताए।