सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा सोमबार बोलाइएको गाउँसभामा एक जना पनि सहभागी नआएपछि अन्यौलता उत्पन्न भएको छ ।
गाउँपालिका अध्यक्षले एकलौटी हिसाबले गाउँसभा बोलाएको भन्दै त्यसका कुनै पनि सदस्य उपस्थित नभएका कारणले गाउँसभा हुन सकेन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँसभा आह्वान भन्दा पहिलो विभिन्न चरण पूरा गर्नुपर्ने प्रावधान छ । राजस्व परामर्श समिति, श्रोत अनुगमन तथा सीमा निर्धारण समिति, योजना तर्जुमा समिति, वडास्तरीय योजना संकलन, वडास्तरीय योजना छनौट नागरिक सहभागिता लागत साझेदारी लगायतका संघसंस्थाहरुद्वारा सञ्चालित कार्यक्रमहरुको बारेमा छलफल तथा परामर्श सेवा, कर्मचारी व्यवस्थापन लगायतका चरण पूरा गर्नुपर्नेमा त्यसका बारेमा छलफलै नगरी सोझै गाउँसभा अगाडि बढाएर कानूनी ऐनको उल्लंघन भएको गाउँसभा सदस्यहरुको भनाई देखिन्छ । सबै सदस्यको भावना र धारणालाई बुझेर, पद्धति अनुसार गरिएको गाउँसभा नै स्र्वस्वीकार्य हुन सक्दछ ।
यसरी सभा बोलाइँदा लोकतान्त्रिक विधिको अनुशरण गरेको पनि प्रमाणित हुन्छ । सभा बोलाउनु अघिका विभिन्न चरण पार गर्नुपर्ने प्रावधान विपरित एकल निर्णयले सभा बोलाएको प्रति सहभागिहरको सहमति नरहेकोले प्रकृया पु¥याएर लोकतान्त्रिक विधि मुताविक नै अघि बढ्न सके मात्र गाउँपालिकामा विवादको न्यूनीकरण हुनेछ ।