• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भारदहको कोशी बाँधमा दुईमोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एकजना घाइते 

भारदहको कोशी बाँधमा दुईमोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एकजना घाइते 
न्यूज टुडे
राजविराज, ०८ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भित्र सडकखण्ड अन्तर्गत कोशी बाँधमा आइतबार तीव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विहान ०५ : ५० बजे भएको दुर्घटनामा शम्भुनाथ नगरपालिका ११ राजपुरका बर्ष १९ का आशाराम मण्डल र कञ्चनरुप नगरपालिका १ बैरवाका ३४ बर्षका ओम प्रकाश पंजियारको मृत्यु भएको हो । 
 कंकालनी मन्दिरदेखि भलवातर्फ  तीव्र गतिमा जाँदै गरेको स १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल विहान ०५:५० बजे एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ।
दुर्घटना गम्भीर घाइते बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक मण्डलको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा बिहान ०७:३० बजे मृत्यु भएको तथा स १० प ५६२ नम्बरको मोटरसाइकल चालक पंजियारको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा विहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
दुर्घटनामा घाइते  स १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार सप्तरीको कञ्चनरुप १ बैरवाका बर्ष ३० को  सुभाष महतो घाइते भएका छन् । खुट्टा तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको महतोको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार गरि डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 
मृतक मण्डलको शव परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा राखिएको, पंजियारको शव परिक्षण पछि ल्याएर दुबै आ-आफ्नो परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए ।