• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दाेषी माथि कारबाहीको माग गर्दै राजविराजका कर्मचारीको धर्ना जारी

दाेषी माथि कारबाहीको माग गर्दै राजविराजका कर्मचारीको धर्ना जारी
न्यूज टुडे
राजविराज, ०२ असार ।
कर्मचारीहरुमाथी कुटपिट, गालीगलौज, दुर्व्यवहार  गर्नेमाथि कारवाहीका साथै कार्यालयमा कामकाज गर्न सुरक्षित वातावरणको माग गर्दै राजबिराज नगरपालिकाका कर्मचारीहरुले थालेको आन्दोलन तेस्राे दिन पनि जारी राखेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका  ईकाइ समितिको नेतृत्वमा शुक्रबार देखि जारी पेन डाउनसहित धर्ना कार्यक्रमलाई  कर्मचारीहरुले सोमबार समेत निरन्तरता दिएका हुन् । 
कर्मचारी आन्दोलनमा उत्रिएपछि नगरपालिकाको कामकाज पूर्ण रुपले  ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, काम गर्ने सहज वातावरण बनाउन एवम् भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गर्दै पेन डाउन गर्दै राजविराज नगरपालिका अगाडि  कर्मचारीहरु धर्ना बसेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका  ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवम् भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरिन ।
 नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले ब्यक्तिगत रुपमा असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने बताए । उनले आफूमाथी संघातिक हमला गरी २ तोलाको सुनको सिक्री समेत लुटपाट गरेको बताए । 
“उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौं निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा छैंनौं” उनले भने,” सुरक्षाको प्रत्याभूति तथा क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म काममा फर्किदैनौ।’
उनले हालसम्म ११ महिनाको अवधीमा ११ प्रतिशत मात्र विकासीय योजनाहरु सम्पन्न भएको र करिब ३८ देखी ४० प्रतिशतसम्म योजनाहरु संचालनमा रहेको जानकारी समेत दिए । 
उनले जनताको कामकाजमा आफू बाधक नभएको भन्दै दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने अडान राखेका छन् ।
जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा भई रहेकाे आन्दाेलनकाे क्रममा राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरुलाई पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरिएको उनीहरूकाे आराेप छ।