• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आखिर को हुन किशोर लेखी ?

आखिर को हुन ? चलचित्र तथा लोकसञ्चार प्रबर्द्धन बोर्डका नवनियुक्त अध्यक्ष किशोर कुमार लेखी

मधेस प्रदेश सरकारले गएको जेष्ठ १६ गते सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं.५ का किशोर कुमार लेखीलाई चलचित्र तथा लोकसञ्चार प्रबर्द्धन बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

आखिर को हुन किशोर लेखी ?
किशोर लेखीले बाल कलाकारको रूपमा वि० सं० २०४४ साल देखी बिधालयको कार्यक्रमहरु देखी लिएर सप्तरी जिल्ला सहित अन्य जिल्लाहरुमा गई विभिन्न स्टेज शौहरुमा आफ्ना प्रतिभा देखाउदै आएका हुन।

उनले शैलेन्द्र विश्वकर्मा, राम कुमार सिंह, मयानन्द विश्वकर्मा जस्ता अग्रज एवं वरिष्ठ संगीतकार हरुसंग विभिन्न कार्यक्रम तथा शोहरुमा भाग लिनुको साथै ऊनीहरुबाट पनि गायन र नृत्यको ज्ञान हासिल गर्नु भएको हो।
किशोरले बि.स.२०४८ सालमा शिम्पु मुभिज प्रा.ली.को ब्यानरमा थारु चलचित्र “भक देके सुजहल” को सह नायकको भुमिका गर्नु भएको छ।
उनी बि.स.२०४८ सालमा अध्ययनको क्रममा काठमाडौं प्रवेश गरेको र त्यहाँ अध्ययन संगै वरिष्ठ गायिका मिरा राणा बाट लगातार ५ वर्ष नेपाली आधुनिक गायन र वरिष्ठ शास्त्रीय गायक एवं संगीतकार गुरुदेव कामैतबाट पनि लगातार ५ वर्ष शास्त्रीय गायनको प्रशिक्षण लिएका हुन।
उनले त्यस क्रममा स्नातकोत्तर तहको अध्ययन पनि पूरा गरे।
लेखीले बि.स.२०५५ देखि २०५८ साल सम्न रेडियो नेपालले आयोजना गरेको नेपाली आधुमिक गित प्रतियोगता तथा राष्ट्रिय गीत प्रतियोगीतामा भाग लिई आफ्नो सुमधुर आवज नेपाली श्रोता माझ पस्कि सकेको छ। उनले बि.स.२०६० सालमै आफ्नै आवाज रहेको “रुप” नामक नेपाली आधुनिक गीति एल्बम पनि बजारमा ल्याई सकेको छ।
उनले काठमाडौंका विभिन्न होटेल र रेस्टुरेन्टहरूमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।
नेपालमा मात्र नभई भारतको उत्तर प्रदेश र बिहार‌को विभिन्न स्टेज शोहरुमा आफ्नो जादु देखाई सकेका छन् ।
ऊनी बि.स.२०६३ सालमा थारु संस्कृति संरक्षण संघको संस्थापक सचिव भए पश्चात् संघको प्रस्तुति र आफ्नै लगानीमा थारू परम्परागत पौराणिक गीति एल्बम “येहेन करम” को म्युजिक भिडियो समेत बजारमा ल्याई सकेको छ ।
किशोर लेखीले छिन्नमस्ता फिल्मस प्रा.ली.को ब्यानरमा थारु कथानक चलचित्र ” हमर कनियाँ” को कथाकार र गायकको भुमिका निभाउनु भएका छन् भने कृष्णा फिल्मस प्रा.ली.को ब्यानरमा थारु चलचित्र “तोहर यादमे”मा कथाकार तथा संवाद‌को भुमिका निर्वाह गरि सकेको छ।
उनले” बहोत सुन्दरची नामको थारु आधुनिक गीती एलबममा कलाकारको भुमिका निभाउनु भएको छ। बि.स. २०७० साल देखि विभिन्न शारु आधुनिक पौराणिक गीतहरूमा गीतकार संगीतकार तथा गायकको भुमिका निवार्ह गर्दै आईरहेको छ।
ऊनी हाल थारु संस्कृति संरक्षण संघ नेपालको संस्थापक महासचिवको हैसियतमा छन् र उनले कार्यलयमै रेकर्डिङ स्टुडियो स्थापना गरी टेक्निसियनको रूपमा आफैं गीत रेकर्डिङ,भिडीयो सम्पादनका काम गर्दै आईरहेका छ्न। संगीत संयोजनको रुपमा पनि थारु गीतहरूमा पस्तुती गरिसकेको र हाल आफ्नो संस्थाको परियोजनाहरुमा परम्परागत संस्कृति संरक्षण,सम्बर्द्धन र जगेर्नाको लागि विभिन्न कार्य गरिरहेको छ।
वास्तवमा उनी कला र संस्कृति क्षेत्रका एक बहु‌प्रतिभाशाली व्यक्तिको रूपमा हुनुहुन्छ ।
वहाँ आधुनिक चलचित्र कला क्षेत्रलाई विशेष ग्रहायता दिई समाजको लागि लोक संस्कृति संरक्षण, सम्बर्द्धन र जगेर्नाको निम्ति सदैव क्रियासिल रहेको व्यक्ति हो। उनी थारूको मात्र नभई विभिन्न जातजाती, समुदायको संस्कृति संरक्षण र सम्बर्द्धनमा जोड दिने व्यक्ति हो।

*किशोर लेखीको कला र चलचित्र क्षेत्र प्रतिको मोह*

किशोर कुमार लेखीले थारु लगायत विभिन्न जातजातिको कला,संस्कृतिको संरक्षण,सम्बर्द्धन र उत्थानका साथै चलचित्र तथा गित संगीतको क्षेत्रमा अहोरात्र क्रियासिल रहने क्रममा उनको घरको आर्थिक अवस्था दिनानुदिन खस्कदै गयो।
उनले नचाहदाँ नचाहदै पनि घर परिवारको दवाबमा माध्यमिक शिक्षकको रूपमा बि.स.२०६५ साल देखि २०७० सालसम्म सेवा गरे।
पछी उनले कला र चलचित्र क्षेत्र प्रतिको मोहकै कारण शिक्षक सेवा परित्याग गरि पुनः आफ्नो रुचिकै कला क्षेत्रमा फर्केर आफ्नै जिल्ला सप्तरीमा गित,संगीत,कला,संस्कृति संग सम्बन्धित प्रशिक्षण दिने संस्थाको स्थापना गरि गित,संगीत,गायन/वादकको प्रशिक्षण दिने कार्यको थालनी समेत गरेका थिए ।