• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराजबाट लामो तथा छोटो दूरीमा चल्ने गरेका सवारी साधन मध्ये अधिकांशको अवस्था जीर्ण छ । रात्री सेवाका बसहरु अधिकांश नयाँ रहेता पनि विशेषतः दिवा सेवाका सवारी साधनको अवस्था यस्तो रहेको हो ।
खासगरी राजविराज–काठमाण्डौं रुटमा चल्ने माईक्रो बस मध्ये अधिकांश निकै पुराना भईसकेका छन् । राजविराजबाट माइक्रो चल्न थालेको सुरुवाती चरणमै ल्याईएका त्यस्ता सवारी साधन वर्षौ पुराना रहेर पनि अहिलेसम्म सञ्चालनमै छन् । अत्यधिक धुँवा फाल्ने ती सवारी साधनको अवस्थाका बारेमा सम्बन्धित निकायले समेत जानकारी लिने चेकजाँच निरीक्षण तर्फ चासो देखाएको पाइँदैन । ट्राफिक प्रहरीले चेकिंग गर्दा पनि कागजपत्र मात्र हेरेर छाडिदिनाले थोत्रा सवारी साधन पनि ठोकठाक गरेर जसोतसो चल्दैछन् । पुराना, थोत्रा सवारी साधनबाट पहाडी बाटोको यात्राका बारेमा जोखिमको उल्लेख गरिरहनु आवश्यक नपर्ला । लामो दुरीमा चल्ने यस्ता यातायातका साधनले दैनिक चेकजाँच, सरसफाई र तिनमा जडान भएका पार्टपूर्जा, टायरको अवस्था दुरुस्त रहन आवश्यक हुन्छ । यसका साथै यात्रु चढ्ने सवारी साधनमा अत्यधिक मालसमानको भारी रहनु पनि दुर्घटनाको अर्को कारक बन्न सक्छ । दशैं, तिहारका समयमा मात्र केही दिन सार्वजनिक सवारी साधनमा चेकजाँच बढाएर पुग्ने होईन । सुरक्षित यात्रा तथा दुर्घटना न्यूनीकरणको उद्देश्य प्राप्तीका लागि यस प्रकारका कमजोरी सुधार्न नियमित चेकजाँचको आवश्यकता छ । राजविराज–सिन्धुली काठमाण्डौं रुटमा ठाउँठाउँका प्रहरी विटमा सवारी साधन इण्ट्रीको व्यवस्था त छ । तर ती प्रहरी यूनिटले पनि सवारी साधनको चेकजाँच गर्ने गरेको पाइँदैन ।
तसर्थ यस्ता आवश्यक पक्षमाथि पनि ध्यान पु¥याउनुपर्ने आवश्यक छ ।