राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले एक साताभित्र राजविराज बसपार्क उद्घाटन गरी सञ्चालनमा ल्याईने बताएकी छिन् ।
नगरपालिकालाई गत साता बसपार्क हस्तान्तरण गरिएपछि अब त्यसको उद्घाटन गर्ने तयारी भईरहेको उनले जानकारी दिएकी हुन् । पञ्चायतकालदेखि नै बसपार्क सञ्चालन निर्माणको प्रयास भएपनि दसकौं सम्म काम हुन सकिरहेको थिएन । विभिन्न बाधा अड्चनका कारणले गर्दा बीचमै काम रोकिने गरेको थियो । यसै क्रममा चार–चार पटक शिलान्यास भएर बल्ल बसपार्क निर्माणको काम पूरा भई हस्तान्तरण समेत समेत सम्पन्न भईसकेको छ । तथापि बसपार्कसम्म जाने सडकको अवस्था चाहीँ अहिलेसम्म दुरुस्त हुन सकेको छैन । हनुमान मन्दिर देखि पूर्व तर्फको कञ्चनपुर सडक खण्ड भएर नै सवारी साधनहरुलाई बसपार्कमा लैजानु पर्ने भएका कारण अहिले लथालिंग अवस्थाका उक्त सडक (हाल हुलाकी राजमार्ग स्तरोन्नतिका क्रममा रहेको) लाई मर्मत सम्भार तथा चौडा तुल्याउनु पर्ने आवश्यक छ । हनुमान मन्दिर देखि पूर्व तर्फको सडक दक्षिणी भाग अतिक्रमण हटाएर खुला गरिएता पनि उत्तरी भाग तर्फको काम बाँकी नै छ ।
तसर्थ बस पार्क उद्घाटन एक साताभित्र गर्ने भनिएपनि यस्ता अन्य काम बाँकी रहनाले उद्घाटन अभैm लम्विने पो हो कि भन्ने आशंका हटिसकेको छैन । बसपार्क छिट्टै सञ्चालनमा ल्याउनुपर्छ भन्ने सबैको चाहना पनि अब कुनै बहानाबाट त्यसमा ढिलाई नहोस् सम्बन्धित निकायले ध्यान पु¥याउनु आवश्यक छ ।