न्यूज टुडे
राजविराज ,३१ वैशाख ।
हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीकाे बिष्णुपुर गाउँपालिका १ खुरुहुरीयामा मंगलबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पत्थरगाढाबाट राजबिराज तर्फ आउदै गरेको अनटेष्ट ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालककाे मृत्यु भएको हो ।
ट्याक्टर अनियंत्रित भई सडकबाट छेउको खाल्डोमा खस्दा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ कबिलासा बस्ने सिपैतलाल सन्तको छोरा अन्दाजी १८ बर्षिय दिपक कुमार सन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते सन्तको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टर प्रहरी नियन्त्रणमा राखी घटना बारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले बताएका छन् ।