• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीमा सांस्कृतिक संग्रहालय निर्माण हुने : मन्त्री लेखीले गरे शिलान्यास

सप्तकोशीमा सांस्कृतिक संग्रहालय निर्माण हुने : मन्त्री लेखीले गरे शिलान्यास
न्यूज टुडे 
फत्तेपुर, २५ बैशाख । 
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ०२ मा सांस्कृतिक संग्रहालय निर्माण हुने भएको छ । मधेस प्रदेश सरकारको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत रु. २५ लाखको लागतमा निर्माण हुने संग्रहालय बिहिवार आयोजित एक समारोहका वीच शिलान्यास गरिएको हो । 
स्वास्थ्य चौकी भवन शिलान्यास गर्दै मन्त्री लेखी । फोटो : न्यूज टुडे
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले  भूमिपुजन गरि इटा राखेर साँस्कृतिक संग्राहलयको शिलान्यास गरे । 
शिलान्यास तथा निर्माण कार्य सुभारम्भ कार्यक्रममा बोल्दै   मन्त्री लेखीले साँस्कृतिक संग्रहालय निर्माणले स्थानीय रैथाने भाषा, साँस्कृतिको संरक्षण हुनुको साथै नगरपालिकाको विकासमा टेवा पुग्ने।विश्वास व्यक्त गरे । 
उनले विकास निर्माण कार्यलाई पारदर्शी तथा गुणस्तरीय बनाउन स्थानीय बासीको अहम् भुमिका रहने बताए ।  मन्त्री लेखीले विचौलिया कर्मचारीहरुको कारणले विकास निर्माण कार्यमा भ्रष्टाचार मौलाएकोले समुदाय स्तरबाट खबरदारी गर्नुपर्ने अपरिहार्य रहेको बताए । 
सर्वोदय मावि कंचनपुरको भवन शिलान्यास समारोह मञ्चासीन मन्त्री लेखीसहित अतिथि गण । फोटो : न्यूज टुडे

‘अहिले बिकास निर्माण कार्यमा बिचौलिया,कर्मचारीहरुको कारणले भ्रष्टाचार जस्तो बेथिती मौलाएको छ,निर्माण कार्य गुणस्तरहीन हुने गरेको छ’ उनले भने,’तसर्थ हाम्रो समुदायको बिकास प्रभावकारी,गुणस्तरीय तथा दिगो बिकास लक्षित हुनुपर्ने आजको आवश्यक्ता हो। हरेक आयोजनाको गुणस्तरीयताको मुल्यांकन,अनुगमन तथा सुपरिवेक्षण गर्न पाउने प्रत्येक नागरीकको अधिकार हो।’ 
 ‘हामी सबैले गुणस्तरको बिषयमा सचेत रहनुपर्छ खबरदारी गर्नुपर्छ यहि नै लोकतन्त्रको बिशेषता हो’
 उनले भने ।
मन्त्री लेखीले उपभोक्ता समितीहरुलाई गुणस्तरीय रुपमा तोकिएकै समयावधिमा प्राबिधिकको मापदण्ड बमोजिमको निर्माण कार्य  सम्पन्न गर्न गराउन निर्देशन दिए । 
मन्त्री लेखीले सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) अन्तर्गत रहेको सप्तकोसी नगरपालिका र कन्चनरुप नगरपालिकाका विभिन्न वडाहरुमा मधेश प्रदेश सरकारको चालू आ.व. २०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत समावेस भएको विभिन्न ३ आयोजनाहरुको बिहीवार एकैदिन शिलान्यास गरेका छन् । 
प्रदेश सरकारको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गतको सप्तकोसी नगरपालिका वडा नम्बर ०२ स्थित सांस्कृतिक संग्रहालय निर्माण कार्य रु. २५ लाख,सप्तकोसी नगर पालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी स्तरोन्नतीको लागि रु.४० लाख, कन्चनरुप नगरपालिका वडा नम्बर ८ मा रहेको सर्वोदय माध्यमिक बिधालयको अधुरो भवन निर्माणको लागि रु.५० लाख मन्त्री लेखीको पहलमा बिनियोजन भएको अनुसार शिलान्यास गरि निर्माण कार्य प्रारम्भ गरिएको मन्त्री लेखीको सचिवालयले जनाएको छ ।