• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास:  डा. राउतको चौतर्फी आलोचना

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास:  डा. राउतको चौतर्फी आलोचना
न्यूज टुडे
राजविराज, २४ बैशाख ।
सप्तरीको राजविराज १० स्थित बिरोलमा अवस्थित बहुचर्चित राष्ट्रिय गौरवको योजना  रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यासको विषयलाई लिएर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको चौतर्फी आलोचना भएको छ ।  नेपाल सरकारका प्रधानमन्त्रीले शिलान्यास गरिसकेको योजनालाई पुन: शिलान्यास गर्ने तयारी गरेपछि डा. राउतको चौतर्फी आलोचना भएको हो । 
अध्यक्ष राउतको सचिवालयले सामाजिक संजालमा सार्वजनिक गरेको व्यानरलाई समाजिक संजालमा पोष्ट गर्दै नागरिक स्तरबाट कडा विरोध भएको छ । 
 ईन्जिनियर शैलेन्द्र यादवले सस्तो लोकप्रियताको लागि जनमत पार्टीका अध्यक्ष डा. राउतले दोश्रो पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गर्न खोजिएको आरोप लगाएका छन् । 
‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल शिलान्यास प्रधानमन्त्री केपी ओली ज्युद्वारा गरिसक्दा अहिले डा. साहाब माननीय सिके राउत ज्यूले मधेस प्रदेश सरकारको सहयोगमा भवनको शिलान्यास गर्नु लाग्नु भएको छ’ प्रश्न गर्दै उनले लेखेका छन्,’ प्रतिष्ठानको शिलान्यास ? बुझ्न ग्राह्रो ?? सप्तरीबासीलाई भ्रममा नपारी सस्तो लोकप्रियताको लागि एउटै योजनाको दोहोरो हुडिङ्ग बोर्ड शिलान्यासको अर्थ के , जिज्ञासा मात्र डाक्टर साहब ? जे होस प्रतिष्ठानको कार्य अगाडि बढोस्, शुभकामना ।’ 
स्थानीय युवा नेता अनिल यादवले एउटै योजनाको कतिपटक शिलान्यास हुन्छ, यो केका लागि भन्दै प्रश्न गर्दै भ्रमित गर्ने काम नगरौ भनि विरोध जनाएका छन् । 
‘मिति२०७८असार २२ गते शिलान्यास भइसकेको योजनाको आज पुन:शिलान्यास हुँदै । एउटै योजनाको नाममा कति पल्ट शिलान्यास हुन्छ बुझ्नै सकिएन’ उनले शिलान्यासको व्यानर पोष्ट गर्दै लेखेका छन्,’ सप्तरीमा यस्ता शिलान्यास भइसकेको योजनाहरु अलपत्र छन् । त्यस तर्फ कसैको ध्यान छैन । यो आखिर केका लागि ‘
 यी दुई उदाहरण मात्र हुन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतले प्रतिष्ठानको शिलान्यास गर्ने व्यानर सार्वजनिक हुनसाथ सयौंको संख्यामा सामाजिक संजाल प्रयोग कर्ताले व्यानर पोष्ट गर्दै डा. राउतको कार्यप्रति आपत्ति जनाउदै आलोचना गरेका छन् । 
जनमत पार्टीका संगठन विभाग प्रमुख डा जयकानत राउत, मधेस प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवसहितका नेताकार्यकर्ता  तथा ‘डा. सिके राउतको सचिवालयले सार्वजनिक गरेको व्यानरमा  उल्लेख भए अनुसार २०८२ बैशाख २४ गते बुधबार २ बजे शिलान्यास कार्यक्रम छ । 
उक्त प्रतिष्ठानको २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए ।