• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको कञ्चनपुरदेखि सिरहा र धनुषाको सीमामा पर्ने कमला पुलसम्मको पूर्व पश्चिम राजमार्ग स्तरोन्नतिको काम सुरु गरेको वर्षौ वितिसकेको छ । काम अति सुक्ष्म गतिमा चलेको, बीचबीचमा काम रोकिएको कारणले उक्त सडक स्तरोन्नतिको विलम्वका कारणले सर्वसाधारणलाई सास्ती खेप्नुपरिरहेको छ ।
सुक्खायाम तथा वर्षामा समेत सास्ती खेप्नु परेको भएपनि शिघ्र काम सम्पन्न गराउनेतर्फ कडाई नभएका कारणले यस्तो अवस्था आएको हो भनी बुझ्न गाह्रो नपर्ला । राजमार्ग आसपासको बस्ती धूलोका कारण आक्रान्त छ । घर, पसल लगायत चारैतिर धूलैलूलो भएका कारण जनस्वास्थ्यमाथि पनि प्रतिकूल असर परिरहेको छ । यसैगरी भाकाएको राजमार्ग खण्डमा यात्रा गर्न समेत सकस रहेको, सवारी साधनको टुटफूट र दुर्घटनाको जोखिम बढेको कारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ । समयसीमा भित्र काम नगर्ने ठेकेदारसितको सम्झौता भंगदेखि अन्य कारवाहीको आधार रहँदारहँदै पनि यसमाथि कडाई गर्न नसक्दा विभ्न्नि शंका, उपशंका उठनुलाई अस्वाभाविक भन्न मिल्दैन । सार्वजनिक निर्माणका काममा ढिलाई हुने गरेको गुनासो बढिरहेको अवस्थालाई मध्यनजर गरी सरकारले चासो देखाउन आवश्यक छ । ढिलाईमा छुट दिईरहने, कारबाहीको साटो म्याद थप गर्ने परिपाटीले मुलुककै विकासको गति अवरुद्ध तुल्याउनेमा दुई मत नहोला ।
अतः यसप्रति गम्भीर चासोको आवश्यकता छ । ढिलाई गर्नेलाई छुट वा उन्मुक्ति दिन थाल्ने हो भने यो क्रमशः परम्पराकै रुप बनेर नजाला भन्न सकिन्न ।