सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका वडा नम्बर २ भुर्कीमा चट्याङ लागेर २ वटा भैंसी मरेको छ । अग्नीसाइर कृष्णासवरन २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीको गोठमा बाँधेर राखेको भैंसी आइतबार राती झरेको चट्याङ लागेर मरेको हो ।
हावाहुरी पानीसंगै झरेको चट्याङ लागेर गोठमा बाँधेर राखेको २ वटा भैंसी मरेको वडा अध्यक्ष चौधरीले बताए । चट्याङ लागेर दुहुनो भैंसीसहित १ पाडी घटना स्थालमै मरेको उनले जानकारी दिए ।
विहान पख गोठमा हेर्दा दुबै भैंसी मरेको अवस्थामा भेटिएको वडा अध्यक्ष चौधरीले बताए । माउ मरेपछि दुधेपाडाको विजोग भएको उनले जानकारी दिए ।
चट्याङ झरेर भैंसी मर्दा १ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।