
प्रदेश लेखापरीक्षण आयोग,
मधेश प्रदेश समिती, जसपा नेपाल !
जनता समाजवादी पार्टी नेपाल आन्दोलनको भट्ठिबाट उत्पादित एउटा बैचारिक एवम् वैकल्पिक राजनैतिक दल हो । यो सामाजवादी लोकतंत्रमा बिश्वास गर्दछ, यसको मीसन भनेको हिमाल,पहाड ,तराई /मधेसका आदिवासी,जनजाति,दलित,महिला, मुश्लिम,थारु,ओबीसी,अल्पसंख्यक,उपे क्षित/अपहेलित लगायतका जात,जाति,बर्ग समुदायको उन्नती/प्रगतिबिना समाजवादको परिकल्पना गर्नु निरर्थक हो । यो तथ्यलाई आत्मसात गरि दलित,आदिवासी ,जनजाति ,पिछ्डाबर्ग,थारु,अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक,सामाजिक,धार्मिक सांस्कृतिक र राजनीतिक असमानता ,विभेद,शोषण र उत्पीडनलाई अन्त्य गर्न उत्पीडित समुदायहरुको राष्ट्रिय पहिचानको मान्यता,जनसंख्याको आधारमा प्रतिनिधित्व ,मानव अधिकारको प्रत्याभूति ,सबैलाई गुणस्तरीय शिक्षा,स्वास्थ्य सेवामा पहूँच,रोजगारी ,सामाजिक सुरक्षा,समानता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न यी समुदायहरुसंग सम्बन्धित संगठन /संघ ,संस्था र व्यक्तिहरू सम्मिलित रहने गरि दलित,ओबीसी,थारु,आदिवासी र अल्पसंख्यक समुदायहरुको परिसंघ गठन गरेको छ,जसलाई अंग्रेजीमा( Confederation of Dalit,OBC,Tharu,indigenous Nationalities & Minorities)भनिन्छ, संक्षिप्त मा DOTIM पनि भनिन्छ ।
यसको औचित्य र आवश्यकता किन महसूस भयो त्यसबारे बिगत फर्किनै पर्छ । नेपालमा राणाशासन बिरुद्ध सन् १९३० को दशकदेखि शुरु भएको आन्दोलन ,१९५१ मा भएको राणाशासनको अन्त्य,लोकतंत्र स्थापनाका लागि निरकुंश निर्दलिय पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलन १९९० माओवादी जनयुद्ध (1996-2006),दोश्रो जनअन्दोलन २००६,२००८ मा एकात्मक राजतंत्रात्मक शासन प्रणालीको उन्मुलन गरि लोकतान्त्रिक गणतन्त्र घोषणा र सन् २०१५ को संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो ।
नेपालमा पटकपटक संघर्ष र राजनीतिक परिवर्तनहरु भएतापनी राजनीतिक ,आर्थिक,सामाजिक र सांस्कृतिक शक्तिको रुपमा एकल जातीय प्रभुत्व एवम् सामन्तवादी चिन्तन,नश्लवादी तथा वर्णवादी जातिय नीति र अभ्यासले गर्दा दलित,ओबीसी,थारु,आदिवासी जनजाति र अल्पसंख्यक समुदायहरुमाथिको राजनीतिक ,आर्थिक ,सामाजिक ,सांस्कृतिक लगायत सबैखाले असमानता,अन्याय,विभेद,शोषण र उत्पीडन यथावत नै रहेका छ्न । नेपालमा राजनीतिक ,आर्थिक र सामाजिक बहिष्कारण तथा सीमान्तीकरण भनेको ऐतिहासिक ,सामाजिक र संरचनात्मकको परिणाम हो,जसले विशेषगरी सीमान्तीकृत समुदायहरु राज्यबाट शोषित भएका,दबाईएका,अपहेलित भएका वास्तविक सीमान्तीकृत समुदाय नै हो । ऐतिहासिक शक्ति संरचना,जातिय,लैगिक,भाषिक,सामा जिक ,सांस्कृतिक र क्षेत्रीय भेदभाव र असमावेशी राजनीतिक तथा आर्थिक प्रणाली नै मूल कारण हुन् । नेपालको राजनीतिक शक्ति केन्द्रीकृतमा बाहुन,क्षेत्री र नेपाली भाषी समुदाय अर्थात खस/आर्य जातिको बर्चस्व रहेको छ। यहाँ जातिय,लैङिक विभेद,सांस्कृतिक ,सामाजिक असमानताको शुरुवात वर्ण व्यवस्थाबाट भएको हो। समाजमा उँचनीच जाती,उच्चबर्ग र निम्नबर्गको सृजना गरि समाजलाई विभाजित गरि सामाजिक एकतालाई कम्जोर बनाइएको छ । विभिन्न कुप्रथा,कुसंस्कार र कुरीतिका कारण कैयौं आदिवासी ,जनजाति ,मधेशी,दलित,थारु,ओबीसी र अल्पसंख्यक समुदायहरुको सांस्कृतिक र भाषिक पहिचान जोखिममा परेका छ्न
अहिले दलित समुदाय नै सबैभन्दा सीमान्तीकृत समुदाय हो , यसको मुक्तिको मुख्य आधार नै विभेदकारी जातिय प्रथा,पुँजिवाद र बर्णवाद्को अन्त्य गर्नु हो । दलित समुदायहरुका हक अधिकारहरुबारे यो परिसंघले निम्नानुसार कदम चाल्ने छ्न ।
(क) राज्यका सबै अंगहरुमा समानुपातिक/समावेशीको सिद्दान्त अनुसार रोजगारीको व्यवस्था गर्ने,
(ख) दलित विद्यार्थीहरुलाई उच्चशिक्षासम्म नि:शुल्क गर्ने,
(ग) दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरुक्षाको विशेष व्यवस्था गर्ने,
(घ) दलित समुदायका परम्परागत पेशा,सीप र प्रविधिको प्रयोग,संरक्षण र विकास गर्ने,
(ङ) आवासहीन,भुमिहीन दलितको लागि भुमी र बसोबासको व्यवस्था राज्यले गर्ने,
(च) राजनीतिक संरचनामा जनसंख्याको आधारमा दलितको समानुपातिक प्रतिनिधित्वको आवश्यक व्यवस्था गर्ने,
(छ) द्लित समुदायले प्राप्त गर्ने सम्पुर्ण अधिकार र अवसरमा पहाडी दलित,मधेसी दलित र दलित महिलाको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने,
पिछडाबर्ग : समाजमा सामाजिक,आर्थिक र शैक्षिक रुपमा पछाडि परेका र अन्यबर्गको तुलनामा तल्लो स्तरमा रहेको तर दलित/जनजातिमा नपर्ने जातलाई ओबीसी भनिन्छ, यो बर्ग पनि सामाजिक,शैक्षिक हिसाबले पछाडि परेको हुँदा राज्यको मूलप्रवाहमा समाहित गराउनु पर्ने देखिन्छ ।
थारु : नेपालमा थारु समुदाय मध्य तराई,भित्री मधेश क्षेत्रमा वसोवास गर्ने एक प्रमुख जातिय समुदाय हो, यो समुदायले पनि विभिन्न प्रकारका भेदभावहरु भोगीरहेका छ्न । जातिय भेदभावले गर्दा सामाजिक रुपमा पछाडि परेका छ्न। यो समुदायका धेरै मानिसहरु मजदुरी र बेगारीमा निर्भर छ्न, गरिबी,बेरोजगारी र असमानताले गर्दा शिक्षामा पहुँच कम छ । न्यून राजनीतिक प्रतिनिधित्व रहेका छ्न । राज्यको सेवा,पहिचान र अवसरबाट बन्चित रहेका उपेक्षित जीवन बिताइरहेका छ्न । उनीहरु जंगल र कृषियोग्य जमीनबाट विस्थापित भइ जमीनको मालीकाना हकबात समेत बचित गरि कमैया कमलरी बनाइएका छ्न । तराई/मधेसमा थारु समुदाय सबैभन्दा धेरै शोषित,उत्पीडित ,सीमान्तीकृत पारिएका छ्न ।
आदि/जनजाति ; नेपालमा सामन्तवादी तथा जातिवादी सोच,चिन्तन र व्यवहारका कारण आदिवासी जनजाति वहिस्करणमा परेका छ्न । शताब्दीयौदेखी कायम रहेको असमानता र विभेद नै दु:खका मूलजड हो ।
अल्पसंख्यक समुदाय : नेपालमा जातिय अल्पसंख्यक ,भाषिक अल्पसंख्यक ,धार्मिक अल्पसंख्यक समुहहरु र लैङिक तथा यौनिक अल्पसंख्यकहरु रहेका छ्न ।नेपालमा मुस्लिम,ईसाई,किरात,बौद्ध ,बहाई,जैन,सिख,प्रकृति,बोन आदि धार्मिक अल्पसंख्यकहरु हुन । यस्तै भाषिक अल्पसंख्यक समुदायहरु:मैथिली,भोजपुरी,अवधी, थारु,तामाङ,मगर, गुरुङ,लिम्बू,राई,शेर्पा,सन्था ली,थकाली,मनाङी,नेवारी ,मगही,राना,थारु,बज्जिका,डोटेली आदि रहेका छ्न।
उनीहरुको मानव अधिकार,धर्म,भाषा,संस्कार र पहिचान समेत संकटमा परेका छ्न ।
अल्पसंख्यक समुदायको संरक्षण सम्बन्धि व्य्वस्था:
(क) समान अधिकार,समान व्यवहारको सुनिस्चितता गर्नुपर्ने,
(ख) छुवाछूत र जातिय आधारमा हुने भेदभावको अन्त्य,
(ग) मौलिक पहिचानको प्रत्याभूति,
(घ) विशेष संरक्षण र सहभागिताको अधिकार,
जनता समाजवादी पार्टी नेपालले गठन गरेको केन्द्रिय परिसंघको कार्यभार माथि उल्लेखित जात/बर्ग/समुदायहरुसंग सहकार्य गरि यो परिसंघले बोकेको बिचारबारे जनजागरण अभियान तहत गोलबद्व गर्ने,संगठित गर्ने,सोही बर्ग/समुदायभित्र नेतृत्व निर्माण गर्ने हो । जबसम्म माथी उल्लेखित जात/बर्ग,समुदायहरु आ-आफ्नो कित्ताबाट अघि सर्दैन,नेतृत्वका लागि अघि बढदैन,सामन्तवादी/पुँजिपती बर्गको दासताबाट मुक्ती पाउदैन तबसम्म कसैको मान,सम्मान,पहिचानको प्राप्ती मुश्किल छ । आफ्नो आधिकारको लागि नेतृत्वदायी क्षमताको विकास र आन्दोलन अपरिहार्य छ,अस्तु ।
Tags: