• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपालमा सम्मजवाद निर्माण आवश्यक: बादल

नेपालमा सम्मजवाद निर्माण आवश्यक: बादल
शिवप्रसाद आचार्य
राजविराज, ३१ चैत । 
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय  उपाध्यक्ष राम बहादुर थापा ( बादल ) ले   नेपालमा  समाजबाद निर्माण गर्न आबश्यक रहेको बताएका छन् ।  सप्तरीको राजविराजमा शनिबार नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरीको १० औ अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथी उपाध्यक्ष थापाले  समाजबादलाई स्थापना गर्नका लागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्न  आग्रह गरे।  उनले समृद्व नेपाल सुखी नेपाली इतिहासको माग रहेकाले त्यो संकल्पका लागि एमाले अगाडि बढेको बताए। 
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट  अतिथी मधेस प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री सरोज यादवले  जनता बिच जनमत गुमाइसकेका पार्टीले राज्य गर्दा  जनताले दुख पाएकाले दुई ठुला दल मिलेर सरकार  निर्माण गर्नुपरेको बताए। 
कार्यक्रममा मधेस प्रदेशका गृह सञ्चार  तथा कानून मन्त्री राजकुमार लेखीले केन्द्रीय सदस्य दिवाकर देबकोटा, सरिता गिरि ,जितेन्द्र नारायण देब,सप्तरी इन्चार्ज सुमन राज प्याकुरेलले शुभकामना मन्तव्य व्यक्त गरे । 
 करिब ४सय  प्रतिनिधि रहेको बन्द सत्रले  १ सय ३५ सदस्यीय  जिल्ला कमिटी चयन गर्ने जनाइएको छ ।