रामनाथ चौधरी
महुली,२९ फागुन ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का एक परिवारले शिवालय मन्दिरलाई लाखौं मुल्यको जग्गा दान गरेका छन् । स्वर्गीय पूर्खाहरुको स्मृतिमा स्थानीय चिचाई चौधरी र उनको पत्नी सुजान देवी चौधरीले मन्दिर निर्माणका लागि तीन धुर जग्गा उपलब्ध गराएका हुन् ।
गाउँका भद्र भलाद्मीहरुको उपस्थितिमा शुक्रबार सम्पन्न भेलामा आफ्ना बाजे स्वर्गीय विलट चौधरी,बहुरी चौधरी, आमा स्वर्गीय हंसी देवीको स्मृतिमा साविक बकधुवा गाविस ९ क किनं. ८४८ को जग्गा मध्ये ३ धुर जग्गा मन्दिर निर्माणका लागि उनीहरुले उक्त जग्गा दान गरेको स्थानीय अर्जुन कोइरालाले बताए ।
रतवला,फारम टोल,भुजेल टोलसहितका स्थानीयहरुको उपस्थितिमा बाटो देखि पूर्व र उत्तर पट्टीबाट मन्दिर निर्माणका लागि ३ धुर जग्गा दान गर्ने निर्णय गरेको जग्गा दाता चिचाई चौधरीले जानकारी दिए ।