न्यूज टुडे
राजविराज,२९ चैत ।
नेकपा एमाले सप्तरीको विवाद उत्कर्षमा पुगेको छ ।एमाले सप्तरी अधिवेशनको पुर्व सन्ध्यामा पार्टीका केन्द्रीय नेताहरु सार्वजनिक रुपमै एकाअर्का वीच आरोपप्रत्यारोपमा उत्रिएपछी विवाद छताछुल्ल भएको हो ।
एमाले केन्द्रीय नेताहरूले राजविराजमा शुक्रबार पत्रकार सम्मेलन नै आयोजना गरि पार्टीका पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेललाई कार्वाहीको माग गरेका छन् ।
एमालेको सप्तरी अधिवेशनको पुर्व सन्ध्यामा पार्टीका केन्द्रीय सचिवालय सदस्यसहितका नेताहरुले प्याकुरेललाई कार्वाहीको माग गरेपछि एमालेमा विवाद चर्किएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले प्याकुरेललाई कार्वाहीको माग गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन पठाइएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय सदस्य दिवाकर देवकोटा, सचिवालय सदस्य एवम् पुर्व मन्त्री सत्यनारायण मण्डल, प्रदेश कमिटी सदस्य पन्चदेव खंगसहितकाले प्याकुरेललाई कारबाही गर्न निवेदन पठाइएको बताए।
उनीहरूले जिल्ला इन्चार्ज प्याकुरेल पार्टीमा हैकमवादी एकलौटी प्रवृत्ति कायम राख्दै अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
‘
निवेदनमा जिल्ला अधिवेशनलाई स्थगन गरी प्याकुरेलको चाल चलन आचरण शैली अनुसंधान गरी आवश्यक कार्यवाहीको लागि जोडदार अपील गरिएको छ ।
यी र यस्ता विभिन्न समस्याको समाधान नगरिए आफुहरूलाई जिम्मेवारीबाट मुक्त गरि दिन हुन नेतृत्व तह संग उनीहरूले माग गरेका छन् । माग पूरा नभए अगामी दिनमा पार्टी जिवनमा सबै भन्दा अप्रिय र कठोर कदम चाल्न बाध्य हुने उनीहरूले पत्रकार सम्मेलनमा चेतावनी दिएका छन् ।
प्याकुरेलले बैठकहरूमा उपस्थितिको लागि जानकारी नगराउने, बैठकको कोरम नपुग्ने तैपनि निर्णय भएको छ भनेर जबरदस्ती निर्णय भएको थोपर्ने र प्रतिनिधि छनौटमा पनि विभिन्न खाले धाँधली गरेकाे उनीहरूकाे भनाई छ ।
नेताहरुले जिल्ला अधिबेशन स्थगित गरि नेता प्याकुरेललाई कारबाही गर्न माग गरेको छ ।