• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरूप नगरपालिकामा आगलागी, लाखौंको क्षति

कञ्चनरूप नगरपालिकामा आगलागी, लाखौंको क्षति
उत्तम आचार्य  
कञ्चनरूप, २३ चैत । 
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० बदगामामा शनिबार आगलागी हुँदा लाखौंको क्षति भएको छ ।  स्थानीय भरत साहको घरमा आगलागी भएको हो । 
दिउँसो विद्युत सर्ट भएर  भोडहा टोलका साहको घर पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको थियो । 
आगलागीमा साहको टिनको छानो भएको पक्की घर, भान्सा कोठा, गोठ, बैठक कोठा पूर्ण रूपमा जली ७ लाख ७० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 
साहको घर, भान्सा कोठा, गोठ र बैठक कोठा लगायतमा भएको संरचनाहरू जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।