• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

बलार्दहमा भुमिहिन विपन्न दलित १८ परिवारलाई आवास हस्तान्तरण

बलार्दहमा भुमिहिन विपन्न दलित १८ परिवारलाई आवास हस्तान्तरण
न्यूज टुडे
फत्तेपुर, २० चैत ।
सप्तरीको साप्तकोसी नगरपालिक वडा नम्बर  ४ बलार्दह कामत टोलका गरिब ,दलित तथा भुमिहिन पारिवारलाई आवास हस्तान्तरण गरिएको छ । सप्तकोसी नागरपालिका , ह्याबिटयाट फोर हुमानिटी नेपाल तथा महुली सामुदायिक बिकास केन्द्रको त्रीपक्षीय साझेदाररीमा निर्मित सुरक्षित आवास  बुधबार मुसहर समुदायका १८ परिवारलाई हस्तान्तरण गरिएको हो।
नगरप्रमुख र उपप्रमुखलाई घरको साँचो हस्तान्तरण गर्दै ह्याविट्याटकी निर्देशक । फोटो : न्यूज टुडे
सुरक्षित आवास निर्माण पश्चात्  सुरक्षित आवास हस्तान्तरण कार्यक्रममा ह्याबिटयाट फोर हुमानिटी नेपालकी   निर्देशक  मिसेस मिया मेरिनाले सप्तकोसी नागरपालिकाका नगर प्रमुख कृष्ण प्रासाद ढकाल  र नगर उप प्रमुख रिता चौधरीलाई चाबी हस्तान्तरण गरिन ।
कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरशोतम ढकाल, महुली सामुदायिक  विकास केन्द्र बक्धुवाका कार्यकारी निर्देशक प्रभु नारायन चौधरी, अध्यक्ष रामलगन मण्डर ,महासचिब चन्द्रमणि मण्डर, ह्याबिट्याट नेपालका निर्देशक लाक्षिण्द्र महर्जन ,सेभ द सप्तरीका अध्यक्ष ध्रुब देब ,वडा अध्यक्ष्हहरु जाहिर हुसेन,देबकान्त गोजेवार,जयराम खंग, गोसाइ चौधर,जितन चौधरी लगायतका उपस्थिती रहेको थियो ।
हस्तान्तरण गरिएका घरहरु बास र टिनबाट निर्मितकासाथै एक चर्पी र एक बाथरुम सहित निर्माण गरिएका छन।