शिवप्रसाद आचार्य
फत्तेपुर, १६ चैत ।
प्रगतिशील लेखक संघ नेपाल सप्तरीको अध्यक्षमा नानीमैया कटवाल चयन भएकी छिन् । सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले कटवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
पोखरेल यसअघि कार्यसमितिको उपाध्यक्ष थिइन् ।
गठित समितिको उपाध्यक्षमा गिरीराज पौडेल, सचिवमा मौसम बञ्जारा, सहसचिवमा दुर्गा निरौला र कोषाध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् भने समितिको सदस्यहरुमा गणेश बस्नेत र सबिता न्यौपाने रहेका छन् ।
कञ्चनरुप नगरपालिका ७ आदर्श टोलस्थित विष्णु पाञ्चायन मन्दिरको सभाकक्षमा आयोजित एक समारोहका बीच नेकपा (एमाले)े पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले सम्मेलनको उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा बोल्दै प्याकुरेलले समाज परिवर्तन गर्ने साधक र राजनीति सिकाउने बौद्धिक चेत भएका लेखकहरु मार्गदर्शक भएको बताए । उनले विदेशबाट पोषित तत्वको इशारामा नागरिकको विद्रोही स्वभावलाई विध्वशांत्मक बनाउन खोज्नेहरु कहिले सफल नहुने भन्दै रचनात्मक अथवा सृजनशील व्यक्तिहरु मात्र जीवन र कार्यक्षेत्रमा सफल हुने बताए ।
संघका मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले नेपालमा गणतन्त्र आएपछि प्रगतिशील लेखकहरुको दायरा र विषयवस्तु फराकिलो बनेको बताए। उनले वर्गीय हितमा सहयोग पुर्याउने किसिमको प्रगतिशील साहित्यको प्रबर्द्धन गर्न सक्रिय हुनुपर्नेमा। जोड दिए
।
केन्द्रिय परिषद् सदस्य प्रेम घिमिरेले समाजमा हुने गैरजनपक्षधर कार्यक्रमको साहित्यिक ढंगले प्रतिरोध गर्नु वाञ्छनिय रहेको बताए । सप्तरी संस्थापक संयोजक मनोहर पोखरेलले शोषित, पीडित, गरिब, निमुखा जनताको समस्या उजागर नगरे अथवा असल समाज निर्माणका लागि लेखन कार्य नभए त्यस्ले प्रगतिशील आन्दोलन मात्र नभई समाज नै भद्रगोल हुने चेतावनी दिए।
संघका सचिव भिमकुमार राउत, महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल, कञ्चनरुप नगरपालिकाका कार्यपालिका सदस्य तनुकलाल बरही, जेष्ठ नागरिक विश्वनाथ उपाध्यायलगायतकाले अधिकारको आन्दोलनमा ठूलो योगदान गरेका लेखकहरुले समाज, जीवन र समसामयिक सन्दर्भहरुमाथि रचना लेख्ने र लोकतन्त्रको आधारस्तम्भको सम्बर्द्धन र संरक्षण गर्न पनि जानेको बताए ।
गिरीराज पौडेलद्वारा संचालित उद्घाटन समारोहमा स्वागत नानीमैया कटवालले गरिन ।
संघका अध्यक्ष मेघराज पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी नारायण घिमिरे, प्रेम घिमिरे, मनोहर पोखरेल, भीमकुमार राउत, रामचन्द्र पौडेल, दुर्गा दहाल, मेघनाथ पौड्याल, गिरीराज पौडेललगायतले कविता, मुक्तक वाचन गरे ।
प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका प्रगतिशील लेखक, साहित्यकार, समीक्षक एवम् चिन्तकहरूको साझा संस्था हो । वि. सं. २००९ असोज ५ गते वीरगञ्जमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित एउटा भेलाले श्यामप्रसाद शर्माको अध्यक्षतामा महासचिव रत्नदास वैद्य, कोषाध्यक्ष देवीप्रसाद किसान आदिलाई समितिमा राखी प्रलेसको गठन गरिएको थियो ।
सप्तरीमा ०७० पुस ९ गते संयोजक मनोहर पोखरेलको अध्यक्षतामा बसेको साहित्यकारहरुको भेलाले प्रलेस सप्तरी गठन गरेको थियो । प्रलेस सप्तरीका संयोजक पोखरेलको नेतृत्वमा २०७५ चैत १५ गते कञ्चनरुपमा भएको प्रथम जिल्ला सम्मेलनले पार्वती राउतको अध्यक्षतामा उपाध्यक्ष मेघराज पौडेल, सचिव भोजराज मुखाले, सहसचिव रोमा लम्साल र कोषाध्यक्ष इश्वरीप्रसाद तथा सदस्यहरु इन्द्रबहादुर थापा, बोधराज सुबेदी, शिवप्रसाद आचार्य र मनोहर पोखरेल रहेको समिति निर्माण गरेको थियो ।
कञ्चनरुपमै २०७८ चैत १८ गते भएको दोस्रो सम्म्मेलनले मेघराज पौड्यालको अध्यक्षतामा उपाध्यक्ष नानीमैया कटवाल, सचिव ईश्वरीप्रसाद नेपाल र कोषाध्यक्ष गिरीराज पौडेल तथा सदस्यहरू मनोहर पोखरेल, सुमित्रा दास, किशोर चौधरी, इन्द्रबहादुर थापा, अभित चौधरी, जयराम मण्डल र बैजनाथ यादवलाई निर्वाचित गरेको थियो ।