• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

यतिबेला सुक्खायाम चल्दै छ । वर्षा नहुने भएपनि कम हुने गर्मी बढ्दो रहेका कारण यस्तो समयमा पानीको अभाव बढी हुने गर्दछ ।
विगत केही वर्ष अघिदेखि नै यस्तो समस्या देखिन थालेको भएपनि पानी संकटको समस्यालाई दीगो रुपमा समाधानको उपाय चाहीँ अहिलेसम्म हुन सकिरहेको छैन । पहाडी क्षेत्रका कतिपय बस्तीमा पनि पानी अभावले मानिस बसाइँ नै सर्ने गरेको सम्मका समाचार आउने गरेका छन् । ‘जलस्रोतको धनी’ भनी कहलिएको मुलुकमा पिउनका लागि समेत पानी नहुनु भनेको गम्भीर विषय हो । यसका अतिरिक्त केन्द्रदेखि प्रदेशसम्म खानेपानी मन्त्रालय पनि छ । तर यसको समस्याको समाधान अझै गरिएको छैन भने अब कहिले होला? पानीको सतह तल सर्दै जानुको कारणमा हरियालीको विनाश, चुरेको दोहन, जथाभावी उत्खनन गरेर ढुंगा, गिट्टी, कंक्रिट निकाल्ने प्रवृत्ति पनि हो ।
पानीको स्रोत विगार्ने खालका यस्ता गतिविधिमाथि कडाईका साथ नियन्त्रणमा गर्दै अभाव रहेका ठाउँमा खानेपानी आपूर्तिको प्रबन्ध मिलाउन जरुरी छ । समयमै नसोच्दा अझै गम्भीर अवस्था नआउला भन्न सकिन्न ।