• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समस्यामा परिरहेका जनताका विषयमा चासो लिने भन्दा पनि सरकार अन्यत्र बढी ध्यान दिन थालेको भनि टिकाटिप्पणी भईरहेको छ । तथापि सरकारले यसमा विशेष ध्यान दिएर काम गर्न सकिरहेको छैन ।
भूकम्पपीडितहरुले पाउनु पर्ने राहत तथा पुनस्र्थापनाको काम अहिले पनि पूरा भएको छैन । गत असोजमा आएको बाढीका कारण घरबारविहीन बनेका जनताको समस्या अहिले पनि समाधान भएको छैन । बाढीले तहसनहस तुल्याएको सडकको पुनर्निर्माणको काम अहिले पनि भएको छैन । सरकारले ठेक्का लगाएका योजनाहरुका काम पनि अधुरै रहेका कारण तिनको पूर्णता कहिले हुने हो भन्ने ठेगान छैन । जनताका दैनन्दिनका समस्या पनि अनगिन्ति छन् । तर यस्ता कुरामा भन्दा पनि सरकार अन्य कुराको अलमलमा छ भनि व्यापक गुनासो बढेको छ । सरकार बनाउने र गिराउने खेल नयाँ होईन । तसर्थ बर्तमान सरकारका नेता तथा मन्त्रीहरुले पनि यो सरकार पूरा अवधि टिक्छ भन्ने कुरालाई नै बढी महत्वका साथ उठाउने गरेका छन् । जनता समस्यामा तड्पिरहने अनि सरकारमा बसेकाहरुले सत्ताको आयुका बारेमा मात्र बढी महत्वका साथ उल्लेख गर्ने हो भने यस प्रकारको कार्यशैलीबाट जनताका समस्याको हल निस्कन सक्दैन ।
त्यसैले यस्ता कुरामा विशेष ध्यानका साथ काम गर्न आवश्यक छ । सरकारको विश्वसनीयता जनता प्रतिको दायित्व कुन रुपमा बहन भईरहेको छ भन्ने कुराले नै निक्र्यौल गर्दछ । त्यस कारणले पनि जनतालाई केन्द्रमा राखेर उनीहरुको भावनाका साथ काम गर्न आवश्यक छ ।