• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मविव क्याम्पस राजविराजमा स्ववियु निर्वाचनको सम्पुर्ण तयारी

मविव क्याम्पस राजविराजमा स्ववियु निर्वाचनको सम्पुर्ण तयारी
न्यूज टुडे
राजविराज, ४ चैत । 
चैत ५ गते ( मंगलबार )  राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सबै तयारी पूरा भएको हो ।
मविव क्याम्पस राजविरामा ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ रहने निर्वाचन अधिकृत नन्दकिशोर यादवले बताए । उनले निर्वाचनमा ५० जना कर्मचारी खटाइएको जानकारी दिए ।
उनका अनुसार कुल ३ हजार १२ मतदाता रहेको र सभापति सहित प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कुल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजितकुमार यादवको प्यानल  र नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिशकुमार यादवको प्यानल, चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
यसैगरी अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह,  विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव सभापति पदमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् भने विनयकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  
स्ववियु निर्वाचनका लागि सुरक्षा व्यवस्था समेत मिलाइसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।