• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नेपाल शिक्षक महासंघको नेतृत्वमा यति बेला मुलुकभरिका शिक्षक प्रतिनिधिहरु संघीय राजधानी काठमाण्डौं केन्द्रित भएर आन्दोलन गर्दै आएका छन् ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरुले राजनीतिक दलका कार्यालयहरुमा धर्ना दिने कार्यक्रम अघि सारेको छ । यस अघि उनीहरुले शनिबार काठमाण्डौंमा प्रदर्शन समेत गरिसकेका छन् । विगतमा सरकारसित गरेको सहमतिलाई सम्बोधन गर्न ती सहमतिको सम्बोधन हुने गरी शिक्षा ऐन तत्काल जारी गर्न महासंघले माग गरेको छ । जायज माग सम्बोधन बारे पटक–पटक ध्यानार्कषण गराए पनि सुनुवाई नगर्ने र त्यसका कारण आन्दोलनमै उत्रनु पर्ने परिपाटी कायम रहेको कारणले नै यति बेला शिक्षकहरु काठमाण्डौं केन्द्रित भएका हुन् । विगतमा उनीहरुसित सरकारले सहमति गरेता पनि त्यसको सम्बोधनप्रति चासो नलिएका कारणले नै यति बेला शिक्षकहरु राजधानी आउनु परेको कुरा प्रष्टै छ । आन्दोलन चर्किन थालेपछि सरकारका तर्फबाट आन्दोलनकारीहरुलाई वार्तामा बोलाउने, सहमति गर्ने र आन्दोलनकारीलाई फिर्ता पठाउने तर गरेको सहमति सम्बोधन नगर्ने प्रवृत्तिले गर्दा नै पटक–पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको छर्लंग नै छ । शिक्षकहरु आन्दोलनमा उत्रेपछि त यो सरकारका लागि पनि टाउको दुःखाई बन्ने उता विद्यालयको पठनपाठन समेत प्रभावित हुने भएकाले यो एक प्रकारको क्षति नै हो । शिक्षकहरुले राखेका माग जायज रहेका कारणले नै सरकारले पनि त्यसप्रति विगतमा सहमति गरेको हो । तर त्यसलाई सम्बोधन नगरेर झुलाई राख्ने प्रवत्तिमा सुधार नआएका कारण अहिले पुनः आन्दोलन गर्नु परेको हो ।
समयमा गरिदिनुपर्ने कामका बारेमा पनि उदासीनता नै साघेर बस्ने हो भने त्यसबाट समस्याको निकास निस्कन नसक्ने त निश्चितै छ । साथै सम्बोधन नगर्ने सहमतिले सरकारको विश्वसनियतामाथि प्रश्न नउठ्ला भन्न सकिन्न ।