• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मुलुकको राजनीतिक दुईतर्फी सघन कित्ताबन्दीतर्फ उन्मुख छ । गत आइतबार संघीय राजधानी काठमाण्डौंमा राजावादीहरुको प्रदर्शनपछि ल्याएको तरंगले गणतन्त्र पक्षधर र राजतनत्रका समर्थक गरी दुई कित्ता सघन रुपमा मुखरित हुन थालेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले यस प्रदर्शनकै समयमा तराई मधेशमा सुरु गरेको हुलाकी राजमार्ग केन्द्रीत ज ागरण अभियान स्थगित गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा उनको स्वागतका लागि पुगेको दृष्यपछि सोमबार बिहान माओवादी अध्यक्ष प्रचण्डले पार्टी पदाधिाकरी बैठक र दिउँसो समाजवादी मोर्चाको अनौपचारिक छलफल समेत राखे । राजा तथा हिन्दुवादीहरुको गतिविधिबाट गणतन्त्रवादी दलहरु आशंकित भएको आँकलन गर्न सकिन्छ । यद्यपी अध्यक्ष प्रचण्डले ‘यो प्रदर्शनले केही हल्लिएको छैन’ भन्ने अभिव्यक्ति दिईसकेका छन् । यस्तै नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने भन्दै गल्ती भए आफूहरु सच्चिन तयार हुनुपर्ने बताएका छन् । जनता अनेक समस्याका कारण पीडामा परेको समयमा उनीहरुलाई आश्वस्त तुल्याउने गरी सरकारले काम नगर्दा जनतामा निराशा बढ्ने र विकल्पका लागि बाध्य हुन्छन् भन्ने कुरा जिम्मेवार राजनीतिक दल र सरकारले बुझ्न आवश्यक छ ।
आफूलाई चोखो देखाउनका लागि अरुलाई मात्र दोष देखाउने र आफू चाहीं काम नगर्ने हो भने असन्तुष्टी त चुलिएर जान्छ नै । एकले अर्कामाथि आलोचना र निषेधको भाषा प्रयोग गर्ने भन्दा पनि दायित्व बोधका साथ जिम्मेवारी बहन तर्फ लाग्नु पर्ने आजको आवश्यकता हो ।