• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि सडकको रेलिंग ठाउँ–ठाउँमा भाँचिएको छ । पूmल लगाउनका लागि रेलिंगमै निर्माण गरिएको सिमेन्टको गमलाहरु पनि तोडफोड गरिएका छन् ।
नगरमा जडान गरिएको सिसि क्यामेरा चोरी हुन थालेका छन् भने तार समेत काटिएका छन् । यसरी सार्वजनिक सम्पत्तिलाई नष्ट गर्ने उद्दण्डता भईरहँदा पनि त्यस्तामाथि कारवाही चाहीं हुन सकेको छैन । सार्वजनिक सम्पत्तिको संरक्षण गरिनु पर्छ भन्नेमा कसैको पनि विमति रहँदैन । तर यसको संरक्षणमा एक प्रकारको उदासीनता महशुस हुन थालेको छ । मन्दिरका घण्टी दानदक्षिणाको रकम समेत राजविराजमा चोरी हुने गरेको छ । एकातर्फ विकास निर्माणका काम अघि बढाउन बजेटको अभावले समस्या भएको बताईन्छ । तर अर्को तर्फ बल्लतल्ल भएको निर्माणलाई पनि तोडफोड गरिन्छ भन्ने त्यस्तालाई पक्राउ गरी अपराधी सरह कारवाही चलाउनै पर्ने हुन्छ । कारवाही नगर्ने हो भने भावी दिनमा उसले थप तोडफोड र क्षति पु¥याउन सक्छ ।
जिल्ला प्रशासन कार्यालय अगाडि भाँचिएको रेलिंग मर्मत हुन सक्दछ । तर यसतर्फ कुनै चासो लिइएको छैन । भाँचिएको फलामे पाइप त्यसै अवस्थामा रहन दिने हो भने त्यसलाई काटेर कवाडीमा बेचिने सम्भावनालाई कसरी नकार्न सकिएला?