• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा शिक्षकहरुको प्रदर्शन
न्यूज टुडे
राजविराज, ०६ फागुन ।
सप्तरीको रुपनीमा मंगलबार शिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयका शिक्षक शिक्षिकाहरुले सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । 
विरोध प्रदर्शनमा सहभागी रुपनी गाउँपालिकाका शिक्षहरु । फोटो : न्यूज टुडे
हिउँदे अधिवेशनबाट शिक्षा बिधेयक २०८१ पास हुनुपर्ने लगायतका मागसहित  उनीहरुले रुपनी बजारमा  प्रदर्शन  गरे । 
नेपाल शिक्षक महासंघ रुपनी गाउँपालिकाद्वारा आयोजित  विरोध प्रदर्शनमा रुपनी गाउँपालिका स्थित ६ वटै वडाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकाहरुको सहभागीता रहेको थियो ।