न्यूज टुडे
राजविराज, ०२ फागुन ।
श्री राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालय, राजविराजमा शुक्रबार वादविवाद प्रतियोगिता आयोजना गरिएको छ । ‘वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशमा उद्यमी बन्नु उत्तम हो’ भन्ने शिर्षकमा नेपाल युनाइट्सको विद्यालय सम्बन्ध भ्रमण कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।
कक्षा ८ देखि १० सम्मका १० जना विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका थिए । जसमा कक्षा ९ मा अध्ययनरत छात्रा रितिका खतिवडाले प्रथम स्थान हासिल गरेकी थिइन् । यसै गरी कक्षा ८ मा अध्ययनरत छात्रा खुश्बु कुमारी साह दोस्रो, कक्षा १० मा अध्ययनरत छात्रा पूजा कुमारी यादव तेस्रो र कक्षा १० मा अध्ययनरत छात्रा सोनी कुमारी साह चौथो स्थानमा ओगटन सफल भए । प्रतियोगितामा विद्यार्थीहरूले उत्साह पूर्वक पक्ष र विपक्ष आ आफ्ना गहकिला तर्कहरु प्रस्तुत गरेका थिए ।
नेपाल युनाइट्सले अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूको आलोचनात्मक सोच, सार्वजनिक भाषण र तर्क कौशल विकास गर्न, नेतृत्व विकास, जिम्मेवारी र सीप सुधार गर्नमा टेवा पुगेको स्कुलका प्रधानाध्यापक दिनेश प्रसाद यादवले बताए ।
नेपाल युनाइट्सका अध्यक्ष मोहम्मद जियाउल रहमानले कार्यक्रमलाई उल्लेखनीय रूपमा सफल बनाउनमा अमूल्य सहयोग गर्ने विद्यालय प्रशासनका सम्पूर्ण कर्मचारीहरूप्रती खुशी प्रकट गरे । उनले नेपाल युनाइट्सले अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रसफुटन गर्ने माध्ययम भएको नेपाल युनाइट्स अभियानमा जोडिन समेत आग्रह गरे ।