न्यूज टुडे
राजविराज, २५ माघ ।
मधेस प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विकास र सौन्दर्यकरणको नाममा किसान बिरोधी कार्य गर्नु नहुने बताएका छन् । सिराहाको लहान नगरपालिका वडा नम्बर १० स्थित निर्माणाधिन हेडवर्क्स ड्याम्मको शुक्रबार अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री लेखीले करोडौंको लागतमा सिंचाइको लागी निर्माण गरिएको ड्याम किसानहरुको हितमा हुनुपर्नेमा जोड दिए । उनले सौन्दर्यकरणको नाममा किसान बिरोधी कार्य निन्दनीय रहेको बताए ।
‘राज्यको लगानी किसानको लागि हुनु पर्दछ।यसमा कसैले दायाँबायाँ गर्नु हुन्न।’ लेखीले भने, सौन्दर्यकरणको नाममा किसानहरुको सिचाइ युक्त नहरलाई ढलमा परिणत गर्ने नगरपालिकाको कदम आपत्तिजनक र घोर निन्दनीय छ।’
नगर प्रमुख महेश चौधरीको कार्य किसान विरोधी पागलपनको प्रकाष्टा रहेको टिप्पणी गर्दै उनले यस विषयमा किसानहरुले गर्दै आइरहेको संघर्ष समेत जायज रहेको उल्लेख गरे।
नगरपालिकाले सिंचाइ युक्त नहरलाई ढलमा परिणत गरेको भन्दै स्थानीय किसानहरूले नगरपालिका विरुद्ध प्रदर्शन गर्दै आएको छ ।
लामो समय किसानहरूको जारी राखेकाले मन्त्री लेखी यस विषयमा चासो राखेका हुन् ।