• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विद्याकी अधिष्ठात्री देवी माता सरस्वती विशेष पूजा–अर्चजना, बन्दन गर्ने दिन आज अर्थात सरस्वती पूजा । माघ शुक्लपक्ष पञ्चमीका दिन पर्ने यो पर्वलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।
हिन्दु धर्मकी प्रमुख देवी महाकाली, महालक्ष्मी झैं माता सरस्वतीको पनि गणना हुने गर्दछ । ब्रह्माकी मानसपुत्री तथा विद्याकी देवीका रुपमा चिनिएकी सरस्वतीलाई विणा पुस्तक धारिणी, श्वेत वस्त्र धारिणी, श्वेत पद्मासना, शारदा, वाणी, वाग्देवी, वागेश्वरी, भारती लगायतका विभिन्न नामले पुकारिन्छ । भाव, विचार र सम्वेदनाको त्रिविध संगम पाईने सरस्वतीको बन्दनाले साहित्य, संगीत र शिक्षामा प्रगति गर्न सकिन्छ भन्ने जनविश्वास छ । अज्ञानी जीवलाई ज्ञानको प्राप्ती होस् भन्ने हेतु ब्रह्माजीले आफ्नो कमण्डलुबाट श्रृष्टी गर्नु भएको थियो भनी बताईन्छ । सेत कमलमाथि विराजमान तथा हाँसमा सवार सरस्वतीको ध्यान पूजन, वसन्त पञ्चमीका दिन विशेष रुपले गरिन्छ । ज्ञान, विद्या, बुद्धि, विवेक प्राप्तीको कामनाका साथ विद्यालय, संगीतालय, सार्वजनिक स्थलमा घरमै पनि सरस्वतीको पूजन तथा बन्दना गर्न सकिन्छ । बालबालिकालाई आजैका दिन अक्षरारम्भ गराईने प्रचलन रहनुका पछाडि पनि माता सरस्वती विद्यादायनी हुन् भने कुरालाई प्रमाणित गर्दछ ।
विद्यार्थीहरुका लागि प्रेरणाकी प्रतिमूर्ति मानिएकी माता सरस्वतीको पूजा अर्चनाले विद्या आर्जनमा सफलता मिल्ने जनविश्वास रहेको छ । तथापि यसका लागि हामीले कर्म पनि गर्दै जानु पर्दछ ।